कोशीका पूर्वमुख्यमन्त्री कार्कीले तोडे अनशन – Nepal Press

कोशीका पूर्वमुख्यमन्त्री कार्कीले तोडे अनशन

विराटनगर । आमरण अनशनमा बसेका कोशीका पूर्व मुख्यमन्त्री केदार कार्कीले अनशन तोडेका छन् ।

नेपाली काँग्रेस कोशी प्रदेश सभापति तथा संसदीय दलका नेता उद्धव थापा, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला लगायतका नेताहरूको पहलमा उनले अनशन तोडेका हुन् ।

थापा र कोइरालासँग पूर्व मुख्यमन्त्रीका मागका विषयमा प्रदेश सरकारका मुख्यमन्त्री हिक्तम कार्कीले छलफल गरेका थिए । दिनभरि भएको छलफलमा पूर्व मुख्यमन्त्रीले राखेकोमा मागहरू बजेटले सम्बोधन गरेको मुख्यमन्त्री कार्कीले आश्वस्त पारेका थिए ।

पूर्व मुख्यमन्त्रीका मागहरूका सम्बोधन हुने सम्बोधन नभए काँग्रेस सत्ता साझेदार भएकाले सम्बोधन गर्ने आश्वासन थापाले दिएका थिए । यस्तै प्रदेश सरकारका मन्त्रीहरू राम राना र लिलाबल्लव अधिकारीले समेत माग सम्बोधन भएको र नभएको भए सम्बोधन गरेर जाने बताएपछि कार्कीले अनशन तोडेका हुन् ।


प्रतिक्रिया

One thought on “कोशीका पूर्वमुख्यमन्त्री कार्कीले तोडे अनशन

  1. यिनको नाटक हेर न फेरि । त्यतिकै छोडिदेउ सरकार डा. केसिले जस्तै आफैं तोडछन । जुस बोकेर गएर नाटक गर्नै पर्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर