नेपाली बजारमा विदेशी मुद्राको कारोबार बारे जान्नुपर्ने पाँच तथ्य – Nepal Press

नेपाली बजारमा विदेशी मुद्राको कारोबार बारे जान्नुपर्ने पाँच तथ्य

काठमाडौं । केन्द्रीय बैंकका रुपमा नेपाल राष्ट्र बैंकले हरेक दिन विदेशी विनिमयदर तोक्ने गर्दछ । राष्ट्र बैंकका अनुसार विदेशी मुद्रामा अंकित सिक्काहरु नेपालमा सटही हुँदैनन् भने नेपालमा भारतीय रुपैयाँ एक सय वा सोभन्दा सानादरका मुद्रा मात्र ल्याउन÷लैजान तथा सटही गर्न पाइन्छ ।

नेपाली वा विदेशी नागरिक अन्य मुलुकमा जाँदा वा नेपालमा आउँदा नगद अमेरिकी डलर पाँच हजार वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रा लैजान वा ल्याउन सक्छन् । सो भन्दा बढी नगद परिवत्र्य विदेशी मुद्रा नेपाल भित्र्याउनु परेको अवस्थामा भन्सार कार्यालयमा स्वघोषणा गरेर मात्र भित्र्याउनु पर्छ ।

नेपाली वा विदेशी नागरिक अन्य मुलुकमा जाँदा लैजान वा नेपालमा आउँदा ल्याउन पाउने नगद नेपाली रुपैयाँको सीमा रु पाँच हजार रहेको छ । नेपाली नागरिकले स्रोत खुलेको आधारमा आफैसँग अधिकतम अमेरिकी डलर एक हजार पाँच सय वा सो बराबरको नगद परिवत्र्य विदेशी मुद्रा राख्न सक्दछन् ।

च्यातिएको, मैलिएको, झुत्रिएको, प्वाल परेको, केरमेट भएको, जलेको, गलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेको विदेशी नोटको सटही सम्बन्धित नोट सटही गर्ने वा नगर्ने भन्ने अधिकार राष्ट्र बैंकको सफा नोट नीतिले निर्धारण गर्दछ ।


प्रतिक्रिया

One thought on “नेपाली बजारमा विदेशी मुद्राको कारोबार बारे जान्नुपर्ने पाँच तथ्य

  1. क्यान्डा बाट पठाएको पैसा नेपालमा भुक्तानी पाउन के चार्ज तिर्नुपर्छ ? क्यान्डा र नेपालमा चार्ज तिर्नुपर्छ र यदि तिर्नुपर्छ भने क्यान्डा र नेपाल दुई ठाउ बाट तिर्नुपर्ने कारण के यो बारेमा स्पष्ट भनी दिनुहोला बुझेकोछैन यदि तिर्नुपर्ने भए सयकडा कति percent तिर्नुपर्छ स्पष्ट पारी दिनु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *