स्वास्थ्य मन्त्रालयबाट सबै विभाग, केन्द्र, अस्पताल र प्रयोगशालाका जग्गाको खोजी कार्य सुरु – Nepal Press

स्वास्थ्य मन्त्रालयबाट सबै विभाग, केन्द्र, अस्पताल र प्रयोगशालाका जग्गाको खोजी कार्य सुरु

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफू मातहतका सबै विभाग, केन्द्र, अस्पताल र प्रयोगशालाका जग्गाको खोजी सुरु गरेको छ ।

बुधवार एक विज्ञप्ति जारी गर्दै ती जग्गाको संरक्षण तथा उचित व्यवस्थापनका लागि प्रशासन महाशाखा प्रमुख सहसचिव ऋषिराज आचार्यको संयोजकत्वमा समिति गठन गरेर काम थालेको मन्त्रालयले जनाएको हो ।

मन्त्रालयले तत् तत् निकायका नाममा रहेका जग्गाको विवरण, उपयोगको अवस्था समेतका विवरण १५ दिनभित्र पठाउन पत्राचार समेत गरिसकेको मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार उक्त प्रयासलाई सार्थक बनाउन सबै वर्ग तथा क्षेत्रको सहयोग आवश्यक भएको भन्दै मन्त्रालयले यस सम्बन्धमा केही सूचना भए जानकारी गराउन समेत सर्वसाधारणलाई अनुरोध गरेको छ ।

मन्त्रालयले स्वास्थ्य सेवा विभाग, औषधी व्यवस्था विभाग, आयुर्वेद वैकिल्पक चिकित्सा विभाग, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, राष्ट्रिय औषधी प्रयोगशाला, राष्ट्रिय क्षयरोग केन्द्र, राष्ट्रिय स्वास्थ्य शिक्ष, सूचना तथा सञ्चार केन्द्र, राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र कटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला लगायतलाई जग्गाको विवरण पठाउन भनेको छ ।

यस्तै भेरी अस्पताल, कोशी अस्पता, पश्मिाञ्चल अस्पता, राष्ट्रिय ट्रमा सेन्ट्र, आयुर्वेद चिकित्सालय, गजेन्द्रनारायण सिंह अस्पताल, भरतपुर अस्पताल, बीर अस्पताल, नारायणी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, कान्ति बाल अस्पताल, मानसिक अस्पताल, परोपकार तथा प्रसूति तथा स्त्रीरोग अस्पताल, डडेल्धुरा अस्पताल लगायतलाई परिपत्र गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर