राष्ट्रसंघीय महासभामा भाग लिन जानुअघि प्रधानमन्त्रीले ३१ गते संसदमा सम्बोधन गर्ने – Nepal Press

राष्ट्रसंघीय महासभामा भाग लिन जानुअघि प्रधानमन्त्रीले ३१ गते संसदमा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ ३१ गते संसद बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

राष्ट्रसङ्घीय महासभामा भाग लिन अमेरिका जानुअघि प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्न लागेको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

प्रधानमन्त्री ओली आउँदा असोज ४ गते अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीको भ्रमण कार्यक्रम मन्त्रिपरिषदबाट स्वीकृत भइसकेको छ ।

महासभामा गर्ने सम्बोधनमा आफूले उठाउने विषयबारे उनले अग्रीम रुपमा संसदलाई जानकारी गराउन लागेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर