नेपाल ल्यूब आयलका लगानीकर्ताले २५ प्रतिशत लाभांश पाउने, एफपीओ पनि जारी गर्ने
काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडले आफ्ना लगानीकर्तालाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
यस कम्पनीको भदौ २६ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र कर सहित ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको जानकारी कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई गराएको छ ।
उक्त प्रस्ताव पारित गर्न यस कम्पनीले असोज १८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा कम्पनीले लाभांश सहित प्रिमियममा एफपीओ पनि जारी गर्ने प्रस्ताव पनि पेश गर्नेछ ।
नेपाल ल्यूब आयलले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ४ करोड ४४ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७१९.६० प्रतिशत धेरै हो ।
यसको प्रतिसेयर आम्दानी ७३।२७ रुपैयाँ रहेको छ । अघिल्लो वर्ष ११.१९ रुपैयाँ थियो । प्रतिसेयर नेटवर्थ ६५७.४० रुपैयाँ रहेको छ।
यसको दोस्रो बजारमा २८४.९० रुपैयाँ प्रतिकित्ता सेयर कारोबार भइरहेको छ ।