युक्रेनले रुससँगको युद्ध जितेपछि नेटो सदस्य हुन्छः अमेरिकी विदेशमन्त्री – Nepal Press

युक्रेनले रुससँगको युद्ध जितेपछि नेटो सदस्य हुन्छः अमेरिकी विदेशमन्त्री

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिन्कले युक्रेनले युद्ध जितेपछि नेटो सदस्य हुने बताएका छन् ।

बेलायती समकक्षी डेभिड ल्यामीसँगै युक्रेनको राजधानी किभ पुगेका ब्लिन्कनले यस्तो बताएका हुन् । युक्रेनले भने रुससँगको युद्ध जित्नु भन्दा अगाडी नेटोमा जोडिन तथा यूरोपेली संघको सदस्यता पाउन आग्रह गरिरहेको छ ।

रुसी विश्व च्यानल आरटीका अनुसार युक्रेनको सदस्यताको लागि आवश्यक हुने कमाण्ड सेन्टर पनि स्थापना गरिने ब्लिन्कनले बताएका छन् । हंगेरी र स्लोभाकियाले युक्रेनलाई नेटोमा युद्ध भएको समयमा ल्याउन नसकिने बताइरहेका छन् ।

नेटो अमेरिका नेतृत्वको ३२ देशको सैन्य संगठन हो । यो संगठनले रुस सीमासम्म पुग्ने कसरत युक्रेनबाट गर्ने क्रममा रुस र युक्रेन समस्या चुलिएको हो । यहि कारण रुसले युक्रेनमा हमला गरेको बताउँदै आएको छ ।

अहिले सदस्यता नदिएपनि नेटो देशहरुले युक्रेनलाई रुससँग लड्न आवस्यक हातहतियारहरु भने दिँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर