एनसेलद्वारा कपिलवस्तुको ठाकुरापुरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना – Nepal Press

एनसेलद्वारा कपिलवस्तुको ठाकुरापुरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना

काठमाडौ‌ं ।  एनसेलले प्रदेशस्तरमा संचालन भइरहेको आफ्नो सामाजिकउ त्तरदायित्वका कार्यक्रमहरु अन्तर्गत गत हप्ता कपिलवस्तुको बाणगंगा नगरपालिका, वडा. नं ४, ठाकुरापुरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । यस शिविरमा ३०० भन्दा बढी स्थानीयहरुले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवाहरुको लाभ लिएका थिए ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठानसँगको सहकार्यमा आयोजना गरिएको यस शिविरमा मानिसहरुले मुटु रोग सम्बन्धी विशेषज्ञ डाक्टरहरुबाट मुटु रोगलगायत अन्य विभिन्न रोगका विशेषज्ञसँग परामर्शलगायत इसीजी, मधुमेह तथा रक्तचापको जाँच सेवा पाएका थिए । बिहान १० बजेबाट सुरु भएको शिविरमा आएका मानिसहरुले परामर्श अनुसारको आवश्यक निःशुल्कऔषधीहरु पनि पाएका थिए ।

यस्ता स्वास्थ्यशिविरले स्वास्थ्य सम्बन्धी केही समस्या भए पहिल्याउँदै समयमा नै निवारक स्वास्थ्य सेवाहरुका साथ समस्यासँग जुध्न मद्दत गर्दछ । एनसेललेआफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत कपिलवस्तुमा संचालन गरेको यो दोस्रो निःशुल्क स्वास्थ्य शिविर हो । यस अघि कपिलवस्तुको मायादेवी गाउँपालिका, वडा नं. ३, फुलिका स्वास्थ्य चौकीमा यसै किसिमको निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो । यसका साथै एनसेलले कपिलवस्तुका अन्य ३ विकट क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्नेछ ।

“एनसेलएक जिम्मेवार कपोरेट नागरिक हो र हामीले समुदायका मानिसहरुका लागि फाइदा हुने काम गर्न सँधै प्रतिबद्ध रहेका छौं । यसै अनुरुप हामीहरुले सातै प्रदेशमा विभिन्न स्थानिय समुदायका मानिसहरुलाई ध्यानमा राख्दै विभिन्न सामाजिक विकासका कार्यहरु गर्दै आएका छाै‌ं । हाम्रा परियोजनाहरुले समुदायको विकासका लागि योगदान पुर्याउने कुरामा हामी विश्वस्त छौं,” एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड, विशाखा लक्ष्मी खड्काले भनिन् ।

एनसेलले सीएसआरअन्तर्गत सातै प्रदेशमा विभिन्न सामाजिक विकासकाआयोजनाहरु सञ्चालन गरिरहेको छ । कम्पनीले गतवर्ष आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा ‘एटीन फर एटीन’ अर्थात १८ औं वर्षको लागि १८ वटा सामाजिक पहलहरुका लागिआवेदन खुल्ला गरेको थियो र यसै पहलअन्तर्गत सातै प्रदेशमा विकास कार्यहरु कार्यन्वयन भइरहेका छन् । यस ‘एटीन फर एटीन’ कार्यक्रमअन्तर्गत परियोजना संचालन गर्नका लागि प्रति परियोजना १० लाख रुपैयाँआर्थिक सहायता प्रदान गरिएको छ ।

एनसेलले आफ्नो स्थापना पश्चात शिक्षा, वातावरण र स्वास्थ्यलगायतका विभिन्न क्षेत्रका सामाजिक परियोजनामा २ अर्ब भन्दा बढी योगदान गरिसकेको छ । साथै कम्पनीले देशको एक सबैभन्दा ठूला करदाताका रुपमाअन्तर्गत अर्थतन्त्रमा प्रभावकारी योगदान दिँदै स्थापनाकालदेखि गतआर्थिक वर्ष २०८०र८१ सम्ममा सरकारलाई कर तथा गैरकर गरी  ३२० खर्ब भन्दा बढी राजस्व तिरिसकेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *