एक लेखा अधिकृतकाे बकपत्रः पोल्याण्ड जाने भन्दै काठमाडौं आइयाे, सरकारी जागीर खाइयाे
महत्वाकांक्षी सोचलाई मानिसहरूले दिवा सपनाको संज्ञा दिन्छन् । किनकि मानव मस्तिष्कमा गहिरोसँग अड्डा जमाएका कतिपय सोच र विचारहरू रातिमात्र नभएर दिउँसो पनि आँखा झिमिक्क हुनासाथ सपना बनेर आइदिन्छन् । यसर्थ ‘दिवा सपना’ तथा ‘मनका लड्डु घिउसँग खाने’ वाक्यांशलाई नेपाली समाजमा पूरा हुन कठिन वा पूरा हुनै नसक्ने कल्पनाको बिम्बको रूपमा प्रयोग गरिन्छ ।
यो आलेखमा पङ्तिकारको नेपाल सरकारको राजपत्रांकित तृतीय श्रेणीको शाखा अधिकृत र शाखा अधिकृतहरूलाई सेवा प्रवेश तालिमका रूपमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबाट (स्टाफ कलेजका नामले बढि प्रख्यात) प्रदान गरिने आधारभूत प्रशासन प्रशिक्षण (BAT नामले प्रख्यात) सँग जोडिएको दिवा सपना र सो साकार हुँदाको अनुभवलाई प्रस्तुत गर्ने जमर्को गरिएको छ ।
परापूर्वकालदेखि नै नेपाली समाजमा सरकारी नोकरीको उच्च महत्व गरेको पाइन्छ । ‘छोरी माग्न जाँदा…. तिम्रो छ र के भर ? खोजी आउ पहिले सरकारी जागिर !’ जस्ता नेपाली गीत बाल्यकालमा रेडियोमा सुनिन्थ्यो । सरकारी विद्यालयहरूमा खासै अतिरिक्त क्रियाकलापहरू हुँदैन थिए । यद्यपि अवसर मिलेसम्म प्राथमिक तहदेखि नै हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगितामाहरूमा सहभागिता रहन्थ्यो ।
२०६० साल माघ महिनाको बेला थियो- भगवती प्राथमिक विद्यालय चानुवा-८, धनकुटामा कक्षा ३ मा अध्ययनरत ७ जना विद्यार्थीहरू एकदिन नेपाली शिक्षिकाको प्रतीक्षामा थिए । माघे चिसो छल्न शिक्षिका टेककुमारी भण्डारीद्वारा सबैलाई बाहिर घाम लागेको चौरमा गोलो घेरामा बस्न आदेश भयो । उहाँसँग तुलनात्मकरूपमा विद्यार्थीहरू बढी डराउने हुनाले ७ जनाको समूह तुरुन्तै चौरमा गोलो घेरा लाग्न बेरै लागेन ।
प्रशिक्षार्थी शाखा अधिकृतहरूका लागि स्टाफ कलेजसँगको आबद्धता निकै सुन्दर रहन्छ । यहाँ अध्ययन र सिकाईलाई औपचारिकतामा मात्र सिमित नराखेर प्रशिक्षार्थीहरूको आचरण, अनुशासन, जीवनशैली, मानसिक स्फूर्ति तथा मनोरञ्जनको पाटोलाई समेत सँगै डोहोर्याइन्छ ।
पढाईको विषय छाडेर उहाँबाट ७ जनाको भविष्यको उत्खनन् हुन थाल्यो । ‘तिमीहरू भविष्यमा के बन्ने रहर छ ?’ ६ जना बालबालिकाको मुखबाट डाक्टर, पाइलट, इन्जिनियर, वकिल आदिको उत्तर आयो । सातौँ बालकको उत्तर थियो, ‘अधिकृत’ ! त्यो उत्तर दिने बालक म आफैँ थिएँ । जुन उत्तरले गुरुआमा आफैँ छक्क पर्नुभएको थियो । यसरी अन्जानमा ७ वर्षको उमेरमा मुखबाट निस्किएको शब्द करिब १६ बर्षपछि वास्तविकतामा परिणत भयो । संघीय व्यवस्थाको सुरूवाती अभ्यासका क्रममा प्रदेश लोकसेवा आयोगको स्थापना भएको थिएन । तसर्थ २०७६ सालमा संघीय लोकसेवा आयोगले स्थानीय तहको जनशक्ति पदपूर्तिका लागि परीक्षा लिएको थियो । उक्त परीक्षा उत्तीर्ण गरी लेखा अधिकृतको रूपमा सरकारी नोकरीमा प्रवेश भयो ।
जसरी अन्जानमा ७ वर्षे बालकको आत्माबाट अधिकृत बन्छु भन्ने रहस्योद्घाटन भयो । ठीक त्यसैगरी स्नातक तहको अध्ययन सकेपश्चात नाटकीय रूपमा सरकारी नोकरीतर्फ ध्यान आकृष्ट भयो । पढाई खर्च व्यवस्थापन गर्ने क्रममा निजी फर्म तथा कम्पनीहरूको दर्ता, नवीकरण, करचुक्ता प्रमाण पत्र, खरिद-बिक्री खाता प्रमाणीकरण आदि काम गर्ने सिलसिलामा तत्कालीन करदाता सेवा कार्यालय इटहरीमा बाक्लै आउजाउ हुन्थ्यो ।
४-५ वर्ष सुब्बा साप र कार्यालय सहयोगी ज्यूहरूलाई नमस्कार गर्दा कुनै दिन सरकारी नोकरी गर्छु भन्ने सोच पलाएन । अन्ततः करदाता सेवा कार्यालय विस्थापन गरी आन्तरिक राजस्व कार्यालयमा स्थापना हुने संघारमा बनेको नयाँ कार्यालय भवनमा खरिद-बिक्री खाता प्रमाणित गर्न जाने क्रममा कर अधिकृत भोगीराज राईको नम्र तथा शिष्ट स्वभाव, व्यवहार साथै कार्यकक्षको आकर्षक सजावट र व्यवस्थापनले सरकारी नोकरी प्रति गहिरो चाहना सिर्जना गर्यो ।
यद्यपि चाहनामा शाखा अधिकृतभन्दा तल्लो तहको परीक्षा नदिने अर्को महत्वाकांक्षा थपियो । चाहनाको वेग यति तीव्र हुँदै गयो कि, विद्यार्थीकालमा भएका विभिन्न जिम्मेवारी, ८-१० ओटा निजी क्षेत्रका फर्म तथा व्यवसायहरूको हिसाब हेर्ने जिम्मेवारी, स्नातकोत्तर तहको अध्ययन, व्यक्तिगत जिन्दगीका अनेक विषयहरू आदि सबै कुरा हृदयबाट पाखा लगाइयो ।
केही समयमा नै वैदेशिक रोजगारीका लागि पोल्याण्ड हिँडेको झूटो खबर नजिकका साथीभाइलाई छाडेर शाखा अधिकृतको सुन्दर दिवा सपना बोकेर काठमाडौंको यात्रा तय भयो । बीपी राजमार्ग हुँदै दगुर्ने माइक्रो बसको झ्यालबाट आफूले हिजो सम्म काम गरेका पसलहरू देख्दा आँखाहरू टोलाईरहेका थिए । अर्कोतर्फ समय समयमा वैदेशिक रोजगारीका लागि यात्रामा निस्किएकोमा साथीभाइ तथा शुभचिन्तकहरूबाट फोन आउने क्रम चलिरहेको थियो । झूटो बोल्न सबैभन्दा गार्हो काम लाग्ने मलाई त्यो दिनको सम्झनाले आजसम्म झस्काउन छाडेको छैन ।
जसरी अन्जानमा ७ वर्षे बालकको आत्माबाट अधिकृत बन्छु भन्ने रहस्योद्घाटन भयो । ठीक त्यसैगरी स्नातक तहको अध्ययन सकेपश्चात नाटकीय रूपमा सरकारी नोकरीतर्फ ध्यान आकृष्ट भयो । पढाई खर्च व्यवस्थापन गर्ने क्रममा निजी फर्म तथा कम्पनीहरूको दर्ता, नवीकरण, करचुक्ता प्रमाण पत्र, खरिद-बिक्री खाता प्रमाणीकरण आदि काम गर्ने सिलसिलामा तत्कालीन करदाता सेवा कार्यालय इटहरीमा बाक्लै आउजाउ हुन्थ्यो ।
संयोग भनौँ या नियति ! २/४ महिना लोकसेवा आयोगको तयारी भएपश्चात कर्मचारी समायोजन सम्पन्न नहुँदासम्म संघीय शाखा अधिकृतको नयाँ विज्ञापन नहुने भयो । योसँगै जिन्दगीमा थप अनिश्चितताको बादल मडारिन थाल्यो । शाखा अधिकृत हुन काठमाडौं पुगेको २१-२२ वर्षे ठिटो अब जेसुकै तह वा श्रेणी होस् मात्र सरकारी नोकरीको सपना बुन्न थाल्यो । नभन्दै स्थानीय तहका लागि चौथो, पाँचौं र छैठौँ तहका लागि विज्ञापन भयो । परीक्षामा सामेल भइयो । भाग्य नै भन्नुपर्ला पहिलो प्रयासमा नै बागमती प्रदेश अन्तरगत उत्तरगया गाउँपालिका रसुवामा लेखा अधिकृतको रूपमा सिफारिस भयो ।
करिब डेढ वर्षको काठमाडौं बसाईले विरक्त भएको मन अधिकृत तहमा सिफारिस हुँदा शाखा अधिकृत र स्थानीय तहको अधिकृत बराबर होला भन्ने महसुस गरियो । तर, त्यो लामो समय रहन सकेन । गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत शाखा अधिकृत हुने, स्थानीय तहको सरुवा-बढुवा लगायत वृत्ति विकासका अवसरहरू अनिश्चित हुने, कर्मचारीतन्त्र र राजनीतिक पदाधिकारीहरूमा केन्द्रिकृत सोच व्याप्त हुने, स्थानीय तहका कर्मचारीहरूलाई राजनीतिक र प्रशासनिक तहबाट हेरिने अपमान र हेलाको दृष्टि आदिले पुनः शाखा अधिकृतको सपना मुर्छित हुँदै गयो ।
तर, समय निक्कै परिवर्तन भइसकेको थियो । रसुवा जिल्लाको एक स्थानीय तहको लेखा प्रमुखको जिम्मेवारीमा रहेर पुनः शाखा अधिकृतको पाठ्यक्रम पल्टाउन कार्यबोझले निक्कै थिचेको थियो । जति कार्यबोझले थिच्यो उति शाखा अधिकृतको सपनाले ऐंठन गराउन थालेको थियो । अब त शाखा अधिकृतमात्र नभएर कामको सिलसिलामा काठमाडौं आवजजावत गर्दा जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको गेट छेवैमा देखिने ‘नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान’ लेखिएको त्यो निलो भित्तोले पनि खुबै तर्साउन थालेको थियो । जहाँभित्र आधारभूत प्रशासन प्रशिक्षण लगायत सरकारी सेवाका विभिन्न सेवा प्रवेश र सेवाकालीन तालिमहरू सञ्चालन हुने गर्दछन् । जस मध्येको एक सार्वजनिक प्रशासनमा अधिकृत स्तरको सपना देख्ने जो कोहीलाई लोभ्याउने कार्यक्रम आधारभूत प्रशासन प्रशिक्षण अर्थात् ब्याट (BAT) हो ।
यावत् घटनाक्रमका बीच लोकसेवा आयोगको वार्षिक कार्यतालिका कार्यान्वयनका अनेक उतारचढावका बीच २०८० साल असारमा प्रारम्भिक चरणको परीक्षा तय भएको थियो । असारमा स्थानीय तहको बजेट तथा योजना र भुक्तानीको अन्तिम चरण चलिरहँदा म अभागीका लागि नै असार महिनामा परीक्षा तय भएको महसुस भएको थियो । यद्यपि लिखित पत्रको तालिका आर्थिक प्रशासनमा खासै कार्य चाप नपर्ने श्रावण महिना पर्न जाँदा आफ्नै लागि परीक्षा धकेलिएको महसुस भयो । यही संयोगले २०८० साल फाल्गुण १ गते दिउँसो १ बजे प्राप्त लोकसेवा आयोगको मोवाइल सन्देशले संघीय शाखा अधिकृत र स्टाफ कलेज दुवैको सपनाको संसार साकार भयो ।
स्थानीय तहमा अधिकृतस्तर सातौँ तहमा काम गरेको ४ वर्ष बढी भइसकेको थियो । स्थानीय तहका कर्मचारीहरूलाई सान्त्वना दिने हिसाबले कोही आफन्त र साथीभाइहरूले भन्ने गर्दथे, अब उपसचिव दिन पाइन्छ किन शाखा अधिकृत पढ्नु ? तर, स्थानीय तहमा कार्यरत हुनुको पीडा मलाई र म जस्ता हजारौँ स्थानीय कर्मचारीलाई मात्र थाह छ । अनि पीडा लुकाएर भन्दिन्थेँ, उपसचिव एउटा अवसर होला तर वैष्णवहरूलाई बैकुण्ठधाम जति नै मेरा लागि स्टाफ कलेज र BAT को महत्व छ ! जुन २०८० साल फाल्गुण १० गते बाट सुरू भएको ब्याटको ३८ औँ श्रृङ्खलाबाट मैले हाँसिल गरेँ ।
२२५ जना शाखा अधिकृत साथीहरूसँग ६ महिनासम्म आमने-सामने हुँदा एक पटक पुनः क्याम्पस जीवन फर्किएको महसुस जो कोहीले गर्न सक्थ्यो । अझ भनौँ अनिश्चित भविष्य रहँदाको क्याम्पस जीवनभन्दा शाखा अधिकृतको नियुक्ति लिएर वृत्ति विकासका अवसरहरू अगाडि रहँदाको समय जिन्दगीभर यादगर रहने खालको थियो । ब्याटको एउटा श्रृङ्खला समाप्त भएपश्चात् विभिन्न सेवा समूहमा नेपालभरी फैलिने राष्ट्रसेवकहरूले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म अलग-अलग जिम्मेवारी र भूमिकामा रहने आफ्ना ब्याटका सहयात्रीहरू भेट्न पाउनु आफैँमा स्टाफ कलेजले जोडिदिएको एउटा महत्वपूर्ण सम्पत्ति हो ।
यसका लागि लोकसेवा आयोगद्वारा सिफारिस हुने नेपाल प्रशासन सेवा, नेपाल लेखापरीक्षण सेवा र नेपाल संसद सेवाका शाखा अधिकृतहरूलाई अब्बल तुल्याउन राज्यले गरेको लगानी र स्टाफ कलेजले गरेको मिहेनेतबाट प्रशिक्षार्थी अधिकृतहरूमा भएको सर्वाङ्गिण विकास आफैँमा महत्वपूर्ण छ ।
स्टाफ कलेजमा विभिन्न मोड्युलमा हुने प्रशिक्षणले प्रशिक्षार्थी अधिकृतहरूको अन्तर वैयक्तिक क्षमतालाई उजागर गर्न सहयोग गर्दछ ।जस अन्तरगत आत्म रूपाण्तरण र व्यवस्थापकीय दक्षता विकास गर्न व्यवसायिक शिष्टाचार, सदाचार र नैतिकता, असल संगठनात्मक व्यवहार, सकरात्मक चिन्तन र तनाव व्यवस्थापन, वार्ता सीप र कौशलता विकास, कार्यालयमा गुनासो व्यवस्थापन, नेतृत्व क्षमता विकास तथा समूह कार्यका लागि भएका विभिन्न अभ्यासमुलक सत्रहरूले व्यक्तित्व विकासमा निकै महत्वपूर्ण योगदान पुर्याउँछन् ।
४-५ वर्ष सुब्बा साप र कार्यालय सहयोगी ज्यूहरूलाई नमस्कार गर्दा कुनै दिन सरकारी नोकरी गर्छु भन्ने सोच पलाएन । अन्ततः करदाता सेवा कार्यालय विस्थापन गरी आन्तरिक राजस्व कार्यालयमा स्थापना हुने संघारमा बनेको नयाँ कार्यालय भवनमा खरिद-बिक्री खाता प्रमाणित गर्न जाने क्रममा कर अधिकृत भोगीराज राईको नम्र तथा शिष्ट स्वभाव, व्यवहार साथै कार्यकक्षको आकर्षक सजावट र व्यवस्थापनले सरकारी नोकरी प्रति गहिरो चाहना सिर्जना गर्यो ।
सार्वजनिक प्रशासनमा सञ्चार र निर्णय प्रक्रियाको महत्वलाई मध्यनजर गर्दै नेपाली र अंग्रेजी भाषाका विभिन्न सत्रहरू, अभिलेख व्यवस्थापन विभिन्न पक्षहरू, निर्णयका प्रक्रियाहरू तथा मन्त्रिपरिषद्मा पेश गरिने प्रस्तावहरू आदिको सैद्धान्तिक र व्यवहारिक अभ्यासले भोलिको कार्यावातावरणमा घुलमिल हुन सहयोग गर्नेछ । सार्वजनिक प्रशासनको मूल जिम्मेवारी नै शासन र सेवा प्रवाह हो । यस अन्तरगत नयाँ संरचनामा वित्तीय संघीयता, स्थानीय सरकारको सुदृढिकरण, सार्वजनिक सेवा उत्पादन र वितरण, राष्ट्रिय सुरक्षा व्यवस्थापन तथा कानून निर्माण प्रक्रियाका आदिका बारेमा विभिन्न मोड्युलमा कक्षाहरू सञ्चालन हुँदा महिनौँ समय बितेको कतिपनि पत्तै नहुने रहेछ ।
विकास व्यवस्थापन अन्तरगत सार्वजनिक नीति तथा योजना निर्माण, सरोकारवालाहरूको चासो व्यवस्थापन, परियोजना व्यवस्थापन, सार्वजनिक खरिद व्यवस्थापन, लेखा र लेखा परीक्षण प्रणाली आदिको बारेमा अन्तरक्रियाहरू हुँदा भविष्यको सम्भावित कार्य जिम्मेवारी तत्कालै मानसपटलमा घुम्न थाल्ने रहेछ । सूचना तथा सञ्चार प्रणाली र प्रतिवेदन लेखनलाई प्रशिक्षणका विभिन्न सत्रहरूमा व्यवहारिक रूपमा नै अभ्यासको अवसर प्राप्त हुँदा प्रशिक्षण पश्चात् तत्कालै कार्यजिम्मेवारी बहन गर्ने क्रममा आउन सक्ने कतिपय अफ्ठेराका गाँठाहरू फुकाउने सिप हाँसिल गरेको अनुभव गर्न सकिन्थ्यो ।
प्रशिक्षार्थी शाखा अधिकृतहरूका लागि स्टाफ कलेजसँगको आबद्धता निकै सुन्दर रहन्छ । यहाँ अध्ययन र सिकाईलाई औपचारिकतामा मात्र सिमित नराखेर प्रशिक्षार्थीहरूको आचरण, अनुशासन, जीवनशैली, मानसिक स्फूर्ति तथा मनोरञ्जनको पाटोलाई समेत सँगै डोहोर्याइन्छ ।
विपद् व्यवस्थापन तथा उद्धार र राहतलाई र्याप्टिङसँग जोडेर होस् वा आवासीय बसाईका क्रममा अनिवार्य रूपमा फौजी तालिम, सांस्कृतिक कार्यक्रम, रक्तदान, आध्यात्म, योग तथा ध्यान, खेलकुद कार्यक्रमहरू, देश दर्शन कार्यक्रम तथा कार्य आबद्धता लगायतका क्रियाकलापहरूले प्रशिक्षार्थी अधिकृतहरूको मस्तिष्कमा स्टाफ कलेजसँगको आबद्धताको समझनाका लागि जिन्दगीभर छुट्टै स्थान बन्ने निश्चित छ ।
यही निरन्तरताका लागि शाखा अधिकृतको सपना बोकेका लाखौँमध्ये लोकसेवा आयोगबाट सिफारीस हुने नयाँ शाखा अधिकृतहरूलाई स्वागत गर्न ब्याटको ३९ औँ श्रृङ्खला पर्खेर बसिरहेको छ ।
(अधिकारी नेपाल सरकारका लेखा अधिकृत हुन् ।)
सपना भएर मात्रै नहुने रहेछ । उमेर सँगै थिचिएकाे व्यवहारले कल्पना गर्नु बाहेक खै के गर्नु र ।