विजय कृष्णमुर्तिले देखाए कोटिहोममा आम्दानीभन्दा खर्च बढी भएको हिसाब, ७२ लाख ऋण लागेको दाबी (भिडिओ) – Nepal Press

विजय कृष्णमुर्तिले देखाए कोटिहोममा आम्दानीभन्दा खर्च बढी भएको हिसाब, ७२ लाख ऋण लागेको दाबी (भिडिओ)

२० करोड १५ लाख रूपैयाँ दान संकलन र २० करोड ८८ लाख खर्च भयोः कृष्णमुर्ति

काठमाडौं । पशुपति मन्दिरमा एक महिनासम्म आयोजना भएको कोटिहोममा आम्दानीभन्दा खर्च धेरै भएको विवरण आयोजक विजय कृष्णमुर्तिले सार्वजनिक गरेका छन् । कोटीहोम सकिएको झण्डै दुई महिनापछि आय व्यय विवरण सार्वजनिक गर्दै उनले घाटाको हिसाब देखाएका हुन् ।

कृष्णमुर्तिका अनुसार कोटीहोममा कुल २० करोड १५ लाख ८२ हजार ४९० रुपैयाँ १५ पैसा बराबर नगद र द्रव्य दान संकलन भएको थियो । यस्तै, कोटीहोमका लागि २० करोड ८८ लाख ३२ हजार ७९४ रुपैयाँ ३८ पैसा खर्च भएको उनले बताए । यस अनुसार ७२ लाख ५० हजार ३०४ रुपैयाँ घाटा भएको कृष्णमुर्तिले दावी गरेका छन् ।

महायज्ञमा कबोल भएको मध्ये डेढ करोडदेखि २ करोड रूपैयाँ आउन बाँकी रहेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । यो रकम आयो भने बचत हुने कृष्णमुर्तिले बताए ।

उनले दिएको विवरण अनुसार नगद रसिदबाट १७ करो ४६ लाख ३७७ रुपैयाँ संकलन भएको थियो भने क्यूआर पेपेन्टबाट १ करोड ३६ लाख ७९ हजार ३४० रुपैयाँ उठेको थियो । दान पेटिकामा ४१ लाख ७७ हजार रूपैयाँ प्राप्त भएको उनले बताए ।


प्रतिक्रिया

2 thoughts on “विजय कृष्णमुर्तिले देखाए कोटिहोममा आम्दानीभन्दा खर्च बढी भएको हिसाब, ७२ लाख ऋण लागेको दाबी (भिडिओ)

  1. Ka Bat ayacha ta sarkar 72 Lakh. Kakso bank account bat kharcha bayacha tyo rakam. Na vako paisa ka bat ayacha ra ko raicha tyo ko manche raicha 72 Lakh afno dine.
    jay shambho

  2. विजय कृष्णमुर्ति गुरु भनेर चिनाउने विशाल भण्डारी ठग हुन उनी सशस्त्र द्वन्द्वकालमा माओवादी हुँदै चन्दा असुल गर्ने पछि मानव तस्कर र अहिले धर्म गुरू देखिँदा एउटा र हुन अर्कै रातीराती दोहोरी दिउसो दिउँसो हरेराम हरेकृष्णा नसक्नु धर्मका भिरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *