प्रस्तावित राजदूतहरुले संसदीय सुनुवाइ समितिमा के भने ? – Nepal Press

प्रस्तावित राजदूतहरुले संसदीय सुनुवाइ समितिमा के भने ?

काठमाडौं । संसदीय सुनुवाइ समितिले स्पेन, श्रीलंका लगायतका देशका लागि प्रस्तावित राजदूतहरुको सुनुवाई गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले स्पेनका लागि प्रस्तावित राजदूत शनिल नेपाल, श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराई लगायतका प्रस्तावित राजदूतको सुनुवाई गरेको छ । सुनुवाईका क्रममा स्पेनका लागि प्रस्तावित राजदूत शनिल नेपालले नेपाल र स्पेनका परराष्ट्र मन्त्रालयबचि नियमित रुपमा वार्ता र द्विपक्षीय संयन्त्रहरुलाई क्रियाशिल बनाउन पहल गर्ने बताए ।

दुईदेशको उच्चस्तरीय राजनीतिक भ्रमणका लागि पहल गर्ने, नेपालले संयुक्त राष्ट्रसंघमा वा अन्य अन्तराष्ट्रिय संघ संस्थामा उम्मेदवारी दिइएको अवस्थामा स्पेनको समर्थन जुटाउन प्रयास गर्ने उनले बताए ।

उनले समुद्रदेखि सगरमाथासम्म भन्ने अभियान सञ्चालन गर्दै बर्षेनी हजारौको संख्यामा पर्यटकहरु नेपालसम्म ल्याउन, नेपालका हिमशिखरहरुको प्रचार प्रसार गर्ने योजना सुनाए । नेपाली राजदूतावास म्याड्रिडबाट सहप्रमाणीत मुलुक माल्टासंग दुईपक्षीय हितका आधारमा सम्बन्ध अघि बढाउने उनको भनाइ छ ।

त्यस्तै श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले आर्थिक कुटनीतिलाई केन्द्रविन्दु बनाएर काम गर्ने बताए । लुम्विनीको विकासका लागि थप आर्थिक सहयोग जुटाउन समेत प्रयास गर्ने उनको भनाइ छ । भट्टराइले लुम्विनी, काठमाडौं र कोलम्वोबीच नियमित हवाई उडान सञ्चालनका लागि पहल गर्ने समेत बताए ।

सरकारले साउन १४ गते बिभिन्न १७ देशका लागि राजदूत सिफरिस गरेको थियो । संविधान अनुसार राजदूत पदमा सिफारिस भएकाहरूको संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर