चीनलाई सूचना बेच्ने सिआईएका पूर्वअधिकारीलाई १० वर्ष कैद – Nepal Press

चीनलाई सूचना बेच्ने सिआईएका पूर्वअधिकारीलाई १० वर्ष कैद

काठमाडौं । चीनलाई सूचना बेचेको कसुरमा अमेरिकाको गुप्तचरी निकाय सिआईएका एक पूर्वअधिकारीलाई १० वर्ष कैद फैसला भएको छ ।

बेलायती विश्व च्यानल बीबीसीका अनुसार ७१ बर्सका पूर्वसिआईए अधिकारी अलेक्जेन्डर युक चिङ मालाई यो फैसला सुनाइएको हो । सन् १९८२ देखि १९८९ सम्म सिआईएमा काम गरेका ती अमेरिकी नागरिकको जन्म हङकङमा भएको हो ।

उनले सांघाईमा सूचना बेचेर ५० हजार अमेरिकी डलर पाएर गनेको भिडिओ प्राप्त भएको बताइएको छ ।

उनले चीनलाई सूचना बेचेको जानकारी हुँदाहुँदै सन् २००४ मा उनलाई एफबीआईले भाषाको जानकारको रुपमा हवाइमा काम लगाएर उनको सम्पर्कलाई नजिकबाट जानकारी लिएको बीबीसीले उल्लेख गरेको छ ।

चीन र अमेरिकीले बेलाबेला आफ्ना सरकारी अधिकारीलाई सूचना बेचेको भन्दै कारबाही गरेको सूचनाहरु सार्वजनिक हुँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर