देउवाको विश्वास- ओली पनि अरू पार्टीलाई सिध्याउने पक्षमा छैनन् (भिडिओ) – Nepal Press

देउवाको विश्वास- ओली पनि अरू पार्टीलाई सिध्याउने पक्षमा छैनन् (भिडिओ)

एमाले र माओवादी मिल्दा हाम्रो पार्टीका सबै साथीहरु डराएका थिए, त्यही चिन्ताले ओलीसँग कुरा गरेँ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका आम साथीहरुको भावनाअनुसार नै एमालेसँग सरकारमा गएको बताएका छन् ।

पार्टीबाट विजयी स्थानीय तहका प्रमुखहरूलाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी ओलीसँगको कुरा सकारात्मक भएपछि पार्टी सहमतिको निष्कर्षमा पुगेको सुनाए ।

उनले भने, ‘हिजो एमाले र माओवादी मिल्दा हाम्रो पार्टीका सबै साथीहरु चिन्तित थिए, डराइरहेका थिए । त्यसैले साथीहरुको भावनाअनुसार मैले एमालेका नेता ओलीसँग कुरा गरेर सहमतिमा पुग्यौं । त्यो सहमतिले उहाँ प्रधानमन्त्री हुनुहुन्छ । त्यसपछि उहाँले छाड्ने सहमति भएको छ ।’

उनले दुई पार्टी मिलेपछि अरु पार्टीलाई सिध्याउने नीति कांग्रेसको नभएको बताए ।

उनले भने, ‘मलाई विश्वास छ ओलीजीको पनि त्यस्तो कुरा छैन । हामीले सबैलाई मिलाएर लैजान चाहन्छौं । हामीबीच भएको सहमतिले देशभर खुशी ल्याएको छ । हाम्रो पार्टीमा फर्किनेको संख्या पनि बढेको छ । हाम्रो पार्टीलाई कमजोर बनाउन खोज्दैछन् । त्यसैले सचेत हुनुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर