२१ उत्कृष्ट स्थानीय तहलाई काँग्रेसको स्थानीय तह समन्वय विभागको सम्मान (सूचीसहित) – Nepal Press

२१ उत्कृष्ट स्थानीय तहलाई काँग्रेसको स्थानीय तह समन्वय विभागको सम्मान (सूचीसहित)

काठमाडौं । नेपाल काँग्रेसको स्थानीय तह समन्वय विभागले नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्ने जनप्रनिधिले नेतृत्व गरेको उत्कृष्ट स्थानीय तहलाई सम्मान गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयमा बिहीबार आयोजित एक समारोहकाबीच पार्टी सभापति शेरबहादुर देउवा एवम पार्टीका पदाधिकारीले सम्मान गरेका हुन् ।

आर्थिक वर्ष २०७९–८० मा स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा उत्कृष्ट हुने ४ गाउँपालिका र ३ नगरपालिका गरेर ७ स्थानीय तहलाई सम्मान गरेको हो भने २०७९–०८० मा सम्पन्न स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा ४ गाउँपालिका र ४ नगरपालिका गरेर ८ वटा स्थानीय तहलाई सम्मान गरिएको छ ।

यस्तै महालेखापरीक्षकको आर्थिक वर्ष २०७९–०८० को वार्षिक प्रतिवेदन अनुसार कम बेरुजु हुने ३ गाउँपालिका र ३ नगरपालिका गरेर ६ स्थानीय तहलाई पनि सम्मान गरेको छ ।

यी हुन सम्मानित हुने स्थानीय तह

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर