आदिवासी जनजाति प्रतिष्ठानको उपाध्यक्षमा तीनजना सिफारिस, कसले पाउला नियुक्ति ? – Nepal Press

आदिवासी जनजाति प्रतिष्ठानको उपाध्यक्षमा तीनजना सिफारिस, कसले पाउला नियुक्ति ?

काठमाडौं । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको उपाध्यक्षका लागि तीनजनाको नाम सिफारिस भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको अध्यक्षतामा बसेको बैठकले जनजाति आन्दोलनका तीनजना अगुवालाई उपाध्यक्षका लागि सिफारिस गरेको हो ।

सोमबार बसेको बैठकले प्रतिष्ठानको उपाध्यक्षमा ताप्लेजुङका पासाङ शेर्पा, गोरखाका रेशम गुरुङ र मुस्ताङकी टासी स्याङ्बो गुरुङसेनीको नाम सिफारिस गरेको हो । सिफारिस भएकामध्ये पासाङ नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष तथा संविधान सभा सदस्य हुन् ।

त्यस्तै रेशम तमु छोँझ धिका पूर्व अध्यक्ष हुन् भने टासी संविधान सभा सदस्य हुन् । पासाङ शेर्पा एमाले केन्द्रीय सदस्य समेत छन् भने रेशम नेपाली कांग्रेसका नेता हुन् । त्यस्तो टासी पनि एमालेकी नेता हुन् ।

सिफारिस समितिले पहिलो नम्बरमा पासाङ, दोस्रोमा रेशम र तेस्रोमा टासीको नाम प्रतिष्ठान सञ्चालक परिषदका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सिफारिस गरेको छ । कांग्रेस र एमाले दुवैले उपाध्यक्षमा दावी गरेका छन् ।

मन्त्रालय एमालेको भएको र प्रधानमन्त्री पनि एमालेकै भएका कारण पासाङ बलियो दाबेदार देखिएका छन् । तर कांग्रेसले भने सदस्य सचिव एमालेको भएका कारण उपाध्यक्षमा आफ्नो दावी रहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर