रहेनन् भारतका चर्चित कम्युनिष्ट नेता सिताराम येचुरी – Nepal Press

रहेनन् भारतका चर्चित कम्युनिष्ट नेता सिताराम येचुरी

काठमाडौं । भारतका चर्चित कम्युनिष्ट नेता सिताराम येचुरीको निधन भएको छ । भारतीय अखबार इण्डियन एक्सप्रेसका अनुसार भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव येचुरीको दीर्घ रोगको कारण मृत्यु भएको हो । उनी ७२ वर्षका थिए ।

भारतको एम्स अस्पतालमा श्वासप्रश्वास समस्याले थलिएर पुगेका उनको निधन भएको हो । सन् २०१५ बाट भारतीय कम्युनिष्ट पार्टीको महासचिवमा चुनिएका येचुरीले नेपालको शान्ति प्रकृयाको क्रममा नेपाली दलहरूसँगको भारतीय संस्थापनको समन्वय गर्न पनि भूमिका खेलेका थिए ।

२०६२ को जनआन्दोलनमा भारतलाई नेपालका राजनीतिक दल र जनआन्दोलनप्रति नरम बनाउँन येचुरीको निर्णायकस्तरको भूमिका थियो । किनकी त्यतिबेला मनमोहन सिंह नेतृत्वको युपीए सरकारमा भारतीय वामपन्थीहरु लगभग निर्णायक संख्या अर्थात ५६ सीटसहित संसदमा थिए । वामपन्थीको समर्थन नरहदा सरकार नै गिर्ने अवस्था आणविक विवादको बेला आएको थियो ।

उनले पटक-पटक नेपालको भ्रमण गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर