जनप्रतिनिधिसँग गगनको गुनासो- हामीले गरेको राम्रा कामको प्रचार गर्नै सकेनौं – Nepal Press

जनप्रतिनिधिसँग गगनको गुनासो- हामीले गरेको राम्रा कामको प्रचार गर्नै सकेनौं

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको जनप्रतिनिधिहरुलाई आफूले गरेको कामको प्रचार गर्न निर्देशन दिएका छन् ।

पार्टीबाट विजयी स्थानीय तहका प्रमुखहरूलाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै धेरै राम्रो काम गरेपनि स्थापित गर्न नसकेको बताए ।

उनले भने, ‘हाम्रो साथीहरुले स्थानीय तहमा धेरै काम गर्नुभएको छ । तर, हामीले आफूले गरेको कामको प्रचार गर्न नजानेको कारणले आफूले गरेको कामलाई स्थापित गर्न सकेका छैनौं । त्यसमा पार्टीले पनि केही कुरा सच्याउनुर्छ । वडाध्यक्षले गरेको कामको प्रचार त्यहीको साथीहरुले गर्नुपर्छ ।

उनले आगामी स्थानीय तहको उपनिर्वाचनमा ३४ मध्ये २१ कांग्रेसले जितेको ठाउँमा हुन लागेको भन्दै त्यतातर्फ लाग्न आग्रह गरे। पहिले जितेको ठाउँलाई फर्काउँदै थप गर्नुपर्ने बताए ।

उनले एमालेसँग भएको सात बुँदे सहमति कार्यान्वयन गर्दै आवश्यकता अनुसार संविधान संशोधन गर्ने बताए ।

उनले भने, ‘अहिले एमालेका अध्यक्षले सरकारको नेतृत्व गर्नुभएको छ । त्यसपछि हाम्रो पार्टीको सभापतिले गर्नुहुन्छ । हामी सहमतिअनुसार संविधान संशोधन गछौँ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर