प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजिएको भन्दै महासंघको विरोध – Nepal Press

प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजिएको भन्दै महासंघको विरोध

काठमाडौं । एमालेनिकट प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतलाई पक्राउ गर्न प्रहरीले प्रयास गरेको भन्दै नेपाल पत्रकार महासंघले विरोध जनाएको छ । प्रेस काउन्सिलको अधिकार क्षेत्रलाई हस्तक्षेप गर्दै प्रहरीले पक्राउ गर्न खोज्नुले प्रेस स्वतन्त्रततामाथि गम्भीर आघात पुगेको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘महासंघ प्रहरीको यो हस्तक्षेपको कडा शब्दमा निन्दा गर्दछ र प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँछ,’ विज्ञप्तिमा भनिएको छ ।

आज साइबर ब्युरोबाट खटिएको प्रहरी टोली बस्नेतलाई पक्राउ गर्न हार्दिक होटलमा पुगेको थियो । बस्नेत सो होटलमा एउटा कार्यक्रममा सहभागी भइरहेका थिए । प्रहरीले पक्राउ गर्न खोजेपछि आफूहरूले प्रतिवाद गरेको चौतारीका उपाध्यक्ष राजेश राईले बताए ।

‘प्रेस काउन्सिलले हेर्नुपर्ने विषयमा सीधै प्रहरीले पक्राउ गर्न मिल्दैन भनेर प्रतिकार गर्यौं’, उनले भने ।

बस्नेतले सञ्चालन गर्ने जनता टाइम्स नामक अनलाइनमा साउन महिनामा प्रकाशित एक समाचार र तस्विरलाई लिएर उनीमाथि साइबर ब्युरोमा उजुरी परेको थियो । त्यसकै अनुसन्धानका लागि उनलाई पक्राउ गर्न खोजिएको बुझिएको छ ।


प्रतिक्रिया

One thought on “प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजिएको भन्दै महासंघको विरोध

  1. यो पत्रकारको नाम मा मान्छे तर्साउने ठग्ने पेसामा पहिले देखिने संलग्न थियो । गणेश बस्नेत आफु के पी बा संग बसेको फोटो राखेर मान्छे ठग्ने गुन्डा हो । यो चोर भातेलाई पहिलेनै कारबाही हुन पर्नी हो, तर नेपालमा पत्रकार भने पछि सबै बच्ने। यस्ता अपराधी चोरलाई बचाउन महासंग नै लागेको देख्दा दया लाग्छ नेपालको पत्रकार भनौदा मा !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर