एकै पटक १०० गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाइयाे, कसलाई कहाँ पठाइयाे ? (सूचीसहित) – Nepal Press

एकै पटक १०० गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाइयाे, कसलाई कहाँ पठाइयाे ? (सूचीसहित)

अब २३ गाउँपालिका मात्रै रिक्त

काठमाडौं । रिक्त रहेका १०० स्थानीय तहले एकै पटक प्रमुख प्रशासकीय अधिकृत पाएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार नवनियुक्त शाखा अधिकृतलाई रिक्त रहेका १०० गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर पठाएको हो ।

शाखा अधिकृतमा १०६ जना नियुक्त भएकोमा ३ जना अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् भने ३ जना स्वास्थ्य तथा पारिवारिक समस्याका कारण मन्त्रालयमा अतिरिक्त समूहमा राखिएको छ ।

मन्त्रालयका अनुसार १२३ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेकोमा १०० पठाइएको र बाँकी २३ गाउँपालिका मात्रै प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेका छन् ।

रिक्त रहेका २३ गाउँपालिकामा पनि जतिसक्दो चाडै प्रमुख प्रशासकीय अधिकृत पठाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सहसचिवको दरबन्दी रहेको ६ महानगरपालिकामा नै पदपूर्ति रहेको छ भने सहसचिवकै दरबन्दी रहेको ११ उपमहानगरपालिका मध्ये एउटा उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त छ ।

यस्तै, २७६ नगरपालिकामा उपसचिवको दरबन्दी रहेकोमा १४६ नगरपालिकामा पदपूर्ति भइसकको छ भने १३० नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त छ ।

यसरी हेर्दा ७५३ स्थानीय तहमध्ये १५४ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त छ । ति स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलिरहेका छन् ।

यस्तो छ सूची:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर