भारतीय कम्युनिष्ट नेता येचुरी : जसले जेएनयूमा इन्दिरा गान्धी विरोधी आन्दोलन गरेका थिए – Nepal Press

भारतीय कम्युनिष्ट नेता येचुरी : जसले जेएनयूमा इन्दिरा गान्धी विरोधी आन्दोलन गरेका थिए

काठमाडौं । बिहीबार भारतले आफ्नो देशका एक चर्चिंत कम्युनिष्ट नेता गुमाएको छ । भारतको राजधानी नयाँ दिल्लीमा रहेको एम्स् अस्पतालमा तीन हप्ता अगाडि गत अगस्ट १९ मा भर्ना भएका श्वासप्रश्वासको समस्या आएर भर्ना भएका येचुरीको मृत्यु भएको हो । ७२ वर्षका येचुरीको मृत्यु धेरै अर्थमा महत्वपूर्ण हो । उनको मृत्युले उनको दल, देश र कम्युनिष्ट कित्तालाई पनि घाटा भएको छ ।

भारतीय कम्युनिष्ट पार्टी (माक्सवादी)का महासचिव हुन् उनी । उनको निधनले दललाई धेरै घाटा भयो नै । देशलाई पनि घाटा भएको छ । उनी विश्वस्तरीय नेता थिए । निर्वाचित सांसद भएको अनुभव थियो ।

उनले कम्युनिष्ट मन्चमा मात्रै होइन अक्सफोर्ड विश्वविद्यालयको मंचमा पनि देखिने उपस्थिति जनाएका थिए । विश्व कम्युनिष्ट आन्दोलनका एक हस्ति भएकोले कम्युनिष्ट कित्तालाई त घाटा भइहाल्यो ।

कार्यालय र कक्षा बन्द तर पुस्तकालय खुला गरेर गरिएको जेएनयू आन्दोलन

दक्षिणी भारतको चेन्नईमा तेलगु भाषा बोल्ने परिवारमा सन् १९५२ अगस्ट १२ मा जन्मेका थिए येचुरी । तेलगु भाषा मातृभाषा बोल्ने उनले हिन्दी, अंग्रेजी, बंगाली लगायतका विभिन्न भाषाहरु फरर बोल्न सक्थे । भारतको आन्ध्र प्रदेशको सरकारी ईन्जिनियर पिताका कारण येचुरीले आन्ध्र प्रदेशमा बाल्यकाल बिताएको भारतीय अखबार दि हिन्दूले उल्लेख गरेको छ ।

सन् १९६९ मा तेलंगना राज्यको नाममा हैदरावादमा बसेका उनी दिल्ली आएका थिए । दिल्ली विश्वविद्यालयको स्टेफेन कलेजबाट स्तातक गरेका उनले जेएनयूबाट अर्थशास्त्रमा स्तातकोत्तर गरेका थिए । जेएनयूको बिन्दावा वातावरणको बारेमा येचुरीले सन् २०२० मा दि हिन्दूसँग भनेका थिए, ‘तीन वरिष्ठ प्राध्यापकहरुको अन्तरवार्ता लिइराखेका थिए । एक जनाले चुरोट खान्छौँ भनेर सोधे, ‘मैले खान्छु भन्दा उनले एक सल्काउन त भनेका थिए ।’

जेएनयूका सामान्य विद्यार्थी हुँदै उनले विद्यार्थी नेता भएर स्ववियू सभापति बन्न सफल भएका थिए । त्यो समयमा उनले लोकसभा चुनावमा हारेर पनि कुलपति भइरहेकी ईन्दिरा गान्धीलाई विश्वविद्यालयको कुलपतिबाट हटाउने आन्दोलन छेडेका थिए ।

आन्दोलनले बीडी नाग चौधरीलाई कार्यालयमा प्रवेश गर्न दिएन । तर, पुस्तकालय भने २४ घण्टा खुला गर्यो आन्दोलनले । आन्दोलनमा जोडिएका ५०० जना थिए । त्यो आन्दोलनमा आफ्नो माग राखेर भन्दा इन्दिरा गान्धीले ध्यानपुर्वक सुनेको तथा राजीनामा दिएकी थिइन् ।

केरेला र पश्चिम बंगालको सिण्डिकेट तोड्ने नेतृत्व, जनताबाट पनि निर्वाचित

भारतीय स्टुडेन्ट फेडेरेसनमा केरेला र पश्चिमा बंगालकाहरुको मात्रै सभापति हुने चलन तोडेर उनी सभापति भएका थिए । तीनपटक दलका महासचिव भएका उनी सन् २०१५ मा पछिल्लो समयमा चुनिएका थिए ।

२००५ बाट सन् २०१७ सम्म उनी भारतीय राज्यसभाका सदस्य थिए । तेस्रोपटक बन्न नपाउने दलको सीमाका कारण उनले पछि बन्न पाएनन् । सन् १९९६ को यूनाइटेड फ्रन्ट तथा सन् २००४ र २००९ को यूपीए सरकारहरु बन्न उनको भूमिका थियो भने मोदीलाई चुनौती दिन बनाइएको सन् २०२३ को इण्डिया गठबन्धन बनाउनेमा पनि उनी एक अनुहार थिए । येचुरी मोदी सरकारका कट्टर विरोधी थिए । कास्मिरको अधिकार कटौती गरेको र हिन्दूत्व लादिएको भन्दै उनी आलोचक थिए ।


प्रतिक्रिया

One thought on “भारतीय कम्युनिष्ट नेता येचुरी : जसले जेएनयूमा इन्दिरा गान्धी विरोधी आन्दोलन गरेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर