बानेश्वरबाट घुससहित पक्राउ परेका २ इन्जिनियर दोषी ठहर, ३ महिना कैद – Nepal Press

बानेश्वरबाट घुससहित पक्राउ परेका २ इन्जिनियर दोषी ठहर, ३ महिना कैद

काठमाडौं । घुससहित पक्राउ परेका पर्यटन विकास आयोजना इकाई कार्यालयका इन्जिनियहरू दोषी ठहर भएका छन् ।

सव-इन्जिनियरहरु राजनप्रसाद भट्टराई र सन्जय अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७ हजार रूपैयाँ घुससहित पक्राउ गरेको थियो । विशेष अदालतका न्यायधीशहरू टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले बिहीबार उनीहरूलाई दोषी ठहर गर्दै जनही ३ महिना कैद सजाय गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर