धनराजले भने- दुई वर्ष एमालेलाई ढुक्कले साथ दिन्छौं, त्यसपछि देउवा प्रधानमन्त्री – Nepal Press

धनराजले भने- दुई वर्ष एमालेलाई ढुक्कले साथ दिन्छौं, त्यसपछि देउवा प्रधानमन्त्री

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिक स्थायित्वको लागि एमालेसँग मिलेको बताएका छन् । पार्टीबाट विजयी स्थानीय तहका प्रमुखहरूलाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै एमालेको मिलेर जनतामा देखिएको निराशा अन्त्य गर्ने बताए ।

उनले भने, ‘हामी अहिले बिशेष परिस्थितिमा अगाडि बढिरहेका छौं । दुई वर्षसम्म हामीले ढुक्क भएर एमालेलाई साथ दिन्छौं । त्यसपछि पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर अगाडि बढ्छौं। यो ०८४ सम्म जान्छ ।’

उनले राजनीतिक स्थात्यिवकै लागि संविधान संशोधन गर्न लागेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर