इन्जिनियरको चुनावमा राजनीतिक दलपिच्छेका ६ प्यानल खडा, प्रगतिशील समूहको दाबी कडा – Nepal Press

इन्जिनियरको चुनावमा राजनीतिक दलपिच्छेका ६ प्यानल खडा, प्रगतिशील समूहको दाबी कडा

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसियसनको ३४ औं केन्द्रीय कार्यकारिणी समिति र प्रदेश समितिहरुको समेत एकैपटक शुक्रवार निर्वाचन हुँदैछ । निर्वाचन समितिका अनुसार देशभर १८ हजार ६०१ इन्जिनियर मतदाता रहेको एशोसियसनको चुनावमा विगतको अनुभवलाई हेर्दा आधा मत खस्नेछ ।

एशोसियसनको निर्वाचनमा यसपटक राजनीतिक दल आबद्ध इन्जिनियरहरुका ६ वटा प्यानल मैदानमा छन् । एमालेकिट प्रगतिशील इन्जिनियर्स एशोसियसनबाट प्रा.डा बिष्णु प्रसाद पाण्डे, कांग्रेसनिकट लोकतान्त्रिक प्यानलबाट सुशील चन्द्र बराल अध्यक्षका मुख्य प्रतिस्पर्धी मानिएका छन् ।

यीबाहेक नेकपा माओवादी केन्दबाट दीपक श्रेष्ठ, नेकपा एसबाट नन्द बन्जाडे, सीके राउत नेतृत्वको जनमत पार्टीबाट रामेश्वर प्रसाद कलवार र नेपाल मजदूर किसान पार्टीनिकट संगठनबाट राजेन्द्र हाडाको प्यानल खडा भएका छन् । यद्यपी मुख्य प्रतिस्पर्धा भने कांग्रेस र एमालेनिकट प्यानलबीच नै देखिएको छ ।

एशोसियसनको हालसम्मका ३३ वटा कार्य समितिका लागि भएको निर्वाचनमा वामपन्थी प्यानलले तीनपटकमात्र जितेको छ । यसपाली चौथो पटकको इतिहास रच्ने तयारीमा प्रगतिशील ईन्जिनियर्स एशोसियसन बलियो अवस्थामा रहेको पिनका अध्यक्ष डा.सुरज लामिछानेले बताए ।

पुल्चोक ईन्जिनियरिङ क्याम्पसका प्राध्यापक डा.पाण्डेको नेतृत्वमा बलियो समावेशी टिम खडा गरिएकाले यसपटक जित निकाल्ने दाउमा पिन देखिएको छ । सो प्यानलको उपाध्यक्षमा सुमन योगेश र महासचिवमा लक्ष्मण प्रसाद घिमिरे बलियो उम्मेदवार मानिएका छन् ।

त्यस्तै, उपमहासचिवमा कृष्णवहादुर पाण्डे,कोषाध्यक्षमा बिन्दु पौडेल र सह कोषाध्यक्षमा राजेन्द्र गौतम उम्मेदवार खडा भएका छन् । उक्त प्यानलबाट सदस्यहरुमा धर्म महर्जन,निरन काफ्ले, हर्ज उमिन तुम्रोक, सूर्य प्रसाद कडरिया, पवन रावल, रमेश पौड्याल, राधा ढकाल, मनिष सुवेदी, एलिसा गौतम, नारायण प्रसाद रेग्मी, स्वाभिमान आचार्य र नितेश कुमार यादव उम्मेदवार खडा भएका छन् ।

ईन्जिनियर्स एशोसियनका कुल मतदातामध्ये ५५ प्रतिशत वामपन्थी रहेको र १० प्रतिशत स्वतन्त्र प्रकारका सदस्य छन् । बाँकी कांग्रेस आबद्ध मानिन्छन् । स्वतन्त्र मतदाता कतिपय अवस्थामा निर्णायक हुने भएकाले पनि यसपटक प्रगतिशील समूहले आफ्नो जितको दाबी गरेको छ ।

सरकारको नेतृत्व नेकपा एमालेले गरिरहेको अवस्थामा सरकारी क्षेत्रमा कार्यरत मतदातामा थप प्रभाव पर्न सक्ने सम्भावना छ भने नबोदित ईन्जिनियहरुको रुझान् प्राज्ञिक टिम भएका कारण पाण्डे प्यानलमा देखिएको बताइन्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर