लिपुलेक कालापानी भारतको हो भनेकोमा मेटमणिलाई नेकपा एसले सोध्यो स्पष्टीकरण – Nepal Press

लिपुलेक कालापानी भारतको हो भनेकोमा मेटमणिलाई नेकपा एसले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेकपा एकीकृत समाजवादीले लिपुलेक कालापानी भारतको हो भनेकोमा उपमहासचिव मेटमणि चौधरीलाई स्पष्टिकरण सोधेको छ ।

भदौ २५ गते प्राइम टीभीमा दिएको अन्तरवार्तामा चौधरीले लिपुलेक र कालापानी भारतले दाबी गर्छ । भारतको दाबी पुग्छ, उसको दाबी पुग्छ … जस्ता अभिव्यक्ति दिएका थिए ।

महासचिव घनश्याम भूसालले चौधरीलाई स्पष्टीकरण सोध्दै लेखेको पत्रमा भनिएको छ, ‘अनेकौं तथ्यहरुले उक्त भूभाग नेपालको हो भन्ने कुरा स्पष्ट पारेका छन् । हाम्रो पार्टीको समेत दाबीका आधारमा उक्त भूभाग संविधानको अंग बनाइएको कुरा सर्वविदितै नै छ । त्यसविपरीत, मुलुकको अखण्डता र सार्वभौसमसत्ताका विरुद्ध तपाईंले किन बोल्नु भएको हो ?’

चौधरीलाई यसबारे ३ दिनभित्र लिखित स्पष्टीकरण दिन निर्देशन दिइएको छ ।


प्रतिक्रिया

3 thoughts on “लिपुलेक कालापानी भारतको हो भनेकोमा मेटमणिलाई नेकपा एसले सोध्यो स्पष्टीकरण

  1. मेटमणी चौधरी भारतिय दलाल क्रिश्चियन मान्छे कस्तो खालको हो यसलाई तुरुन्त कारबाही गर सांसद बाट हटाउ नत्र यो भारतको लागि जे पनि बोल्ने छ

  2. मैले पहिले देखि नै भन्दै आएको थिएँ कि यो भारतको टट्टु हो भनेर । यसले आफ्नो असली रूप देखाईहाल्यो ।भारतले केपि विरूद्वको आफ्नो रिस यो दलाल र मकवानपुरको खतिवडा थरको अर्को दलाल मार्फत पोख्थ्यो । यसलाई धेरै भाउ दिएर प्रश्न सोध्ने, हाईलाईट गर्ने पत्रकारमाथि पनि शंका छ ।

  3. अब माकुने अध्यक्ष भएको पार्टीले मेटमणि लाई सांसद सदस्यताबाट हटाउन पहल गर्नुपर्ने हुन्छ। त्रिभुज कमरेड टिके महासचिव घनश्याम भुसालको पनि परीक्षा हुन्छ। अब पनि यो पार्टीले गरिखाला त?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर