लागूऔषध बिक्री वितरण गरेको आरोपमा पूर्वसांसद ढाकाकुमार पक्राउ – Nepal Press

लागूऔषध बिक्री वितरण गरेको आरोपमा पूर्वसांसद ढाकाकुमार पक्राउ

पोखरा । प्रनितिधि सभाका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ लागूऔषध बिक्री वितरण गरेको आरोपमा पक्राउ परेका छन् । दिया फार्मेसीको सञ्चालकसमेत रहेका श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीबार पक्राउ गरेको हो ।

यसअघि लागुऔषधसहित पक्राउ परेका व्यक्ति वयानका क्रममा ढाकाकुमारको फार्मेसीबाट खरिद गरेको बताएपछि प्रहरीले ढाकाकुमारलाई पक्राउ गरेको हो ।

यसअघि साउन ३ गते प्रहरीले रोल्पा त्रिवेणी गाउँपालिका–७ घर भइ पोखरा बस्ने ४२ वर्षीय प्रकाश मगरलाई लागुऔषधसहित पक्राउ गरेको थियो ।

अनुसन्धानका क्रममा प्रकाशले लागुऔषध ढाकाकुमारको फार्मेसिबाट खरिद गरेको वयान दिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए ।
नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

One thought on “लागूऔषध बिक्री वितरण गरेको आरोपमा पूर्वसांसद ढाकाकुमार पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर