केई गाडीको टेष्ट ड्राइभ कार्यक्रम आयोजना हुने – Nepal Press

केई गाडीको टेष्ट ड्राइभ कार्यक्रम आयोजना हुने

काठमाडाैं । नेपालको लागि केई अटोमोबाइल्सको आधिकारिक बिक्रेता लक्ष्मी ई मोबिलिटी ले ‘एक्सपेरियन्स केई’ टेष्ट ड्राइभ कार्यक्रम यही भाद्र २९ र ३० गते आयोजना गर्ने जनाएको छ ।

भाद्र २९ गते केई शोरुम थापाथली र ३० गते केई शोरुम भाट-भटेनी नक्शालमा गई केईको इलेक्ट्रीक एसयूभ एक्स३ प्राे ईभी, इलेक्ट्रीक ह्याचब्याक ई-क्युट ०४ र ई-क्युट ०२ टेष्ट ड्राइभ गर्न सक्नुहुनेछ ।

प्रत्येक टेस्ट ड्राइभमा सहभागीहरूलाई हात खाली नहुने गरी आकर्षक उपहारहरु राखिएको छ र सहभागीहरु मध्य एक जना भाग्यशाली सहभागीले जर्मन अन्तर्राष्ट्रिय ब्रान्ड Bosch को mixer grinder प्राप्त गर्नेछन् ।

इच्छुक महानुभावले केई को शोरुम गई यस योजनामा सहभागी भइ टेस्ट-ड्राइभ गर्न सक्नुहुनेछ र यस कार्यक्रमको वृस्तृत जानकारी को लागि ९८०१२०११०३ मा सम्पर्क गर्नु सकिनेछ ।

लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजन अन्तर्गत बिक्री वितरण गरिएको केई चाइनिज ब्रान्ड हो जुन नाडा अटो शो मा पहिलोपटक सार्वजनिक गरिएको थियो । तत्पश्चात कम्पनीले गाडीको ड्राइभिङ अनुभव प्रदान गर्न यो कार्यक्रम आयोजना गरेको जनाएको छ |

हालै मात्र कम्पनीले केई ब्रान्डको सर्भिसको लागि लक्ष्मी न्यू इनर्जी सर्भिस, काठमाडौं स्थित तीनकुने मा सञ्चालनमा ल्याएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *