अल्टिमा अल्कालाइन् ब्याट्री र साइरन टर्चको लन्चबाट एभरेडीले गर्यो सशक्त उद्देश्यको साथ नेपालमा विस्तार – Nepal Press

अल्टिमा अल्कालाइन् ब्याट्री र साइरन टर्चको लन्चबाट एभरेडीले गर्यो सशक्त उद्देश्यको साथ नेपालमा विस्तार

काठमाडौं । एभरेडी इण्डष्ट्रिज इण्डिया लि. नेपालको ब्याट्री र टर्चलाइट बजारको एक अग्रणी कम्पनीकाे रुपमा रहेकाे छ । जसले आफ्नो पछिल्लो आविष्कारहरु नयाँ र सुधारिएको अल्टिमा अल्कालाइन् ब्याट्री तथा डिएल १०२ साइरन टर्च प्रस्तुत गरेको छ ।

यी उत्पादनहरुले एभरेडीको उत्कृष्टता, अनुसन्धान, र सामाजिक प्रभाव प्रतिको प्रतिबद्धतालाई दर्शाएको छ, खास गरेर परिष्कृत सुरक्षा औजारहरुका साथ महिलाहरुलाई सशक्त बनाएर ।

काठमाडौंको ह्यात प्लालेसमा आयोजित पत्रकार सम्मेलनबीच सार्वजनिक गरिएको यी उत्पादनहरुले दैनिक जीवनलाई बढावा दिंदै व्यक्तिगत सुरक्षालाई साथ दिएर उद्देश्य परिचालित उच्च गुणस्तरीय समाधानहरुका साथ नेपाली बजारलाई सेवा पु¥याउने एभरेडीको रणनीतिक विस्तार र समर्पणलाई संकेत गरेको छ ।

एभरेडीले आफ्नो अद्भुत ‘खेलिन्छ त सिकिन्छं’ भन्ने अभियानमार्फत् बालबालिकाहरुले मज्जा भन्दा पनि बाहिर मित्रता, साझेदारी र करुणा जस्ता आवश्यक जीवनपयोगी सिपहरुलाई बढावा दिन्छ भनेर प्रकाश पार्न अल्टिमा अल्कालाइन् ब्याट्रीहरु प्रस्तुत गरेकाे छ ।

आविष्कार प्रतिको एभरेडीको प्रतिबद्धता स्वरुप नयाँ अल्टिमा शृँखलाले ४०० गुणा बढी कार्यक्षमता प्रदान गर्ने AA/AAA ब्याट्रीहरु ८०० % लामो कार्यसम्पादन दिने अल्टिमा प्रो.का साथ प्रभावशाली शक्ति क्षमताहरु प्रदान गर्दछ । खेलौनाहरु, भिडियो गेमहरु र चिकित्सकीय औजारहरु जस्ता उच्च शक्ति खपत गर्ने उपकरणहरुका लागि विशेष रुपमा डिजाइन गरिएको यी ब्याट्रीहरु अल्कालाइन् प्रविधिमा एभरेडीको उत्कृष्टताको प्रमाण हुन् ।

यसका साथै एभरेडी डिएल १०२ साइरन टर्चलाई ब्राण्डको #AWAZUTHAUNESHAKTI अभियानका साथ कान नसुन्ने र बोल्न नसक्नेहरुका लागि एभरेडीको उद्देश्य परिचालित आविष्कारको रुपमा प्रस्तुुत गरिएको छ ।

यसमा १०० डेसिबल एसओएस अलार्म, युएसबि टाइप–बिको चार्जिङ र विभिन्न थरीका प्रकाश फ्याँक्ने विशेषताहरु छन्, जसले यसलाई अझ ठोस शक्तिशाली बनाएको छ । आकस्मिक क्षणहरुमा प्रयोगकर्ताहरुलाई सं बनाउन डिजाइन गरिएको यो टर्चले सबैका लागि सुरक्षामा पहुँच भन्ने ब्राण्डको प्रतिबद्धतालाई दर्शाउँदछ ।

सम्मेलनमा मन्तव्य राख्दै एभरेडी इण्डष्ट्रिज एण्डिया लि.का एसबियु प्रमुख (ब्याट्रीज एण्ड फ्ल्यासलाइट) र वरिष्ठ उपाध्यक्ष अनिर्वान बेनर्जीले भने, ‘नेपालमा यी उत्पादनहरुको बिक्री वितरण शुरु हुनुले नेपाली बजारलाई नवीन खोज, धेरै समय चल्ने शक्ति प्रवद्र्धन गर्ने अत्याधुनिक समाधानहरु र सुरक्षाका साथ सेवा प्रदान गर्ने एभरेडीको रणनीतिक विस्तार र प्रतिबद्धतालाई झल्काउँछ । हाम्रो अल्टिमा अल्कालाइन् ब्याट्रीहरुमा ४०० देखि ८०० प्रतिशतसम्मको दीर्घ जीवन छ, र यी उत्पादनहरु उच्च खपत गर्ने उपकरणहरुका लागि एकदम सही छन् , त्यसैगरी एभरेडी साइन टर्च एउटा उत्पादनमात्र हैन, यो सुरक्षा, सशक्तिकरणको प्रतिक हो र यसले आकस्मिक अवस्थाहरुमा आवामज उठाउन मद्दत गर्दछ । यी दुवै आविष्कारहरुले हाम्रा ग्राहकहरुको बढ्दो आवश्यताहरुलाई परिपूर्ति गर्न उत्कृष्ट कार्यक्षमता प्रदान गरेर व्यक्तिगत सुरक्षा र दैनिक जीवनलाई उन्नत बनाउने हाम्रो समपर्णलाई प्रतिबिम्बित गरेका छन् ।’

दुवै उत्पादनहरुले एभरेडीले लिंदै आएको बातावरणीय र सामाजिक उत्तरदायित्व प्रतिको समर्पणलाई प्रस्तुत गरेका छन् । अल्टिमा ब्याट्री पारो, शिसा र क्याडमियम जस्तो वातवरणमा नकारात्मक असर पार्ने तत्वहरुबाट मुक्त छ भनें साइरन टर्च महिलाहरुको सुरक्षा सुनिश्चित् गर्न र आपतको समयमा उनीहरु आवाज उठाएर सशक्त बनाउन तयार पारिएको एक सिर्जना हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *