येचुरीको लास नजलाइने, अस्पताललाई दिइने – Nepal Press

येचुरीको लास नजलाइने, अस्पताललाई दिइने

काठमाडौं । आज अस्ताएका भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी)का महासचिव तथा भारतका पूर्वराज्यसभा सदस्य सिताराम येचुरीको लास नजलाइने भएको छ ।

उनको लासलाई अध्ययन र अनुसन्धान गर्ने काममा सहयोग गर्न अस्पताललाई दिइने भएको हो । भारतीय मिडियाहरुका अनुसार ७२ उमेरका येचुरीको इच्छा अनुसार यस्तो गरिएको हो ।

तीन हप्ता अगाडि भारतको एम्स अस्पतालमा श्वासप्रश्वासको समस्याले येचुरी भर्ना भएका थिए । आज भारतीय समय अनुसार दिउँसो ३ः५ मा उनको मृत्यु भएको औपचारिक घोसणा भएको थियो ।

उनको शरिर सोही अस्पतालमा दिइने भएको हो । मृत्युपछि शरिर दान गर्ने शीर्ष भारतीय कम्युनिष्ट नेता येचुरी मात्र होइनन ्। यस अगाडि पश्चिम बङ्गालका पूर्वमुख्यमन्त्री ज्योति बसु र अर्का चर्चित नेता बासुदेव भट्टाचार्यले पनि शरिर दान गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर