दुई सचिवको सरुवा – Nepal Press

दुई सचिवको सरुवा

काठमाडौँं। सरकारले २ सचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुई सचिवको सरुवा गरेको हो ।

सरुवा सूची अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वाणिज्य सचिव मधुसूदन बुर्लाकोटीलाई राष्ट्रिय तथ्याङ्क कार्यालयमा प्रमुख तथ्यांक अधिकारीमा सरुवा गरिएको छ भने केहि दिन अघि मात्रै सहसचिवबाट सचिवमा बढुवा भएका गोविन्दबहादुर कार्कीलाई वाणिज्य सचिवको जिम्मेवारी दिइएको छ ।

तथ्याङ्क कार्यालयका तत्कालिन प्रमुख तथ्यांक अधिकारी गोकर्णमणि दुवाडीलाई गृह सचिवको जिम्मेवारी दिएपछि तथ्यांक कार्यालय प्रमुख तथ्यांक अधिकारीको पद रिक्त रहेको थियो ।

यद्यपी कार्की भन्दा अघि नै सहसचिवबाट सचिवमा बढुवा भएका सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिव डा.हरि लम्साल, कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मा, मधेश प्रदेश सरकारका प्रमुख सचिव लोकनाथ पौडेल, कर्णाली प्रदेश सरकारका प्रमुख सचिव चूडामणी पौडेल भने प्रदेशमा नै रहेका छन् ।

जसमा लम्साल ५ महिना अघि गत चैत १५ मा, शर्मा साढे ४ महिना अघि गत बैशाख ६ मा र पौडेल साढे ३ महिना अघि गत जेठ ३ मा सहसचिवबाट सचिवमा बढुवा भएका थिए । कार्की भने एक साता अघि मात्रै भदौ २० मा सहसचिवबाट सचिवमा बढुवा भएर बागमती प्रदेश प्रमुख सचिव पदमा पदस्थापन भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर