संविधान दिवसको अवसर पारेर असोज ३ देखि धरहरा सञ्चालनमा ल्याउने सरकारको निर्णय – Nepal Press

संविधान दिवसको अवसर पारेर असोज ३ देखि धरहरा सञ्चालनमा ल्याउने सरकारको निर्णय

काठमाडौं। सरकारले काठमाडौँको सुनधारास्थित नवनिर्मित धरहरा असोज ३ देखि सञ्चालनमा ल्याउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संविधान दिवसको अवसर पारेर असोज ३ देखि धरहरा सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

धरहरा सञ्चालनको जिम्मेवारी संघीय सरकारको शहरी विकास मन्त्रालयलाई दिइएको एक मन्त्रीले नेपाल प्रेसलाई जानकारी दिए । २०७२ को भूकम्पले ढल्नु अघि अघि संघीय सरकारले काठमाडौं महानगरपालिकालाई धराहरा सञ्चालन तथा व्यवस्थापनको जिम्मा दिएको थियो । महानगरपालिकाले एक निजी कम्पनीलाई ठेक्कामा दिएको थियो ।

बिहीबारको मन्त्रिपरिषद बैठकले भने धरहरा सञ्चालनसम्बन्धी यसअघिका सबै निर्णय खारेज गर्दै सञ्चालनको जिम्मेवारी शहरी विकास मन्त्रालयलाई दिएको हो ।


प्रतिक्रिया

One thought on “संविधान दिवसको अवसर पारेर असोज ३ देखि धरहरा सञ्चालनमा ल्याउने सरकारको निर्णय

  1. भैरहवा र विशेषगरी पोखा एयरपोर्ट चलाउन कोसिस नै नगरी चिनियाँ लगानीको विरोध गरेर बस्ने । धरहरा सम्पन्न नै नगरी राखेर ओलिलाई टावरसँग जोडेर विरोध गर्ने लगायतका खेति देशभर हुँदै थिए । काम नगर्ने कामच‍ोरहरू भजन गाएर र ओलि, चीनको विरोध गरेर दलाली भाग बुझ्दै थिए । अहिलेको सरकारले यी सबै चिर्दै छ । चलाउने कोसिस गर्दै छ । यहि हो विकास कसले गर्छ र कसले गर्दैन भन्ने कुरा । प्रचण्ड भारतको ईशारामा केही नगरी बस्ने, अझ उद्योग नै बन्द गरिदिने, भारतीय स्वार्थका आयोजनामा मात्र ध्यान दिने काम गरेर बसेको थियो । टिक टक त बन्दै गरिदियो । शर्त लगाएर खोल्न त सकिने रहेछ नि । भनेपछि प्रचण्ड सबै कुरा बन्द गराएर भारतको ईशारामा देश ध्वस्त बनाउन हिडेका थिए । अहिले ओलिले ती सबै कुरा सच्याएर चलाउँदैछन् र अर्थतन्त्रलाई चलायमान गराईरहेका देखिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर