कोशीमा कांग्रेसले बुझायो मन्त्रीको सूची- शेखर टीमका परेनन्, कसको कोटाबाट को ? – Nepal Press

कोशीमा कांग्रेसले बुझायो मन्त्रीको सूची- शेखर टीमका परेनन्, कसको कोटाबाट को ?

काठमाडौं । कोशी प्रदेशमा लामो समयपछि कांग्रेसले मन्त्रीको नाम टुंग्याएको छ । आन्तरिक विवादका कारण मन्त्री छान्न नसकेपछि यहाँ मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन ।

प्रदेश सभापति एवं दलका नेता उद्धव थापाले एक राज्यमन्त्रीसहित र तीन मन्त्रीको नाम मुख्यमन्त्री हिक्मत कार्कीलाई आज बिहान बुझाएका हुन् ।

जसअनुसार प्रदेश महामन्त्री भूपेन्द्र राईको नेतृत्वमा मन्त्रीको सूची बुझाइएको हो । उनी भौतिक पूर्वाधार मन्त्रालयमा जाँदैछन् । भौतिक पूर्वाधार राज्यमन्त्रीमा भूमिप्रसाद राजवंशी नियुक्त हुँदैछन् । राई र राजवंशी दुवैजना कृष्ण सिटौला समूहका हुन् ।

उद्योग पर्यटन, वन मन्त्रालयमा सुनसरीका सदानन्द मण्डल जाँदै छन् । उनी ज्ञानेन्द्रबहादुर कार्की र विजय गच्छेदारको कोटाबाट मन्त्री बनेका हुन् ।

पार्टी सभापति देउवाको कोटाबाट ताप्लेजुङका खगेनसिङ हाङमाङ उद्योग, कृषि र सहकारी मन्त्री बन्ने भएका छन् ।

शेखर-गगन टीमबाट भने कोही परेनन् ।

नवनियुक्त मन्त्रीहरुको शपथ ९ बजेतिर गराउने तयारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर