बागलुङमा सरकारी गाडी दुर्घटना : ३ जनाको मृत्यु, गाउँपालिका उपाध्यक्षको कागजपत्र फेला – Nepal Press

बागलुङमा सरकारी गाडी दुर्घटना : ३ जनाको मृत्यु, गाउँपालिका उपाध्यक्षको कागजपत्र फेला

पोखरा । बागलुङ गलकोट न पा वडा नं २ घुङखानीमा रा १ झ २०० नं को सरकारी सवारीसाधन दुर्घटना भएको छ । प्रहरी चौकी नरेठाँटी बागलुङका अनुसार हिहान पौने ९ बजे दुर्घटना भएको हो ।

दुर्घटना ३ महिला र १ जना पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । १ जना घाइते भएका छन् । घाइतेको धौलागिरि अस्पताल बागलुङमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको छ ।

पीकअप गाडी सडक देखी करिब ३०० मिटर तल खसेको प्रहरीको अनुमान छ । प्रहरीले अहिलेसम्म मृतकको पहिचान नखुलेको जनाएको छ । शव भीरमा भएकाले उद्धारमा कठिनाइ भएको छ ।

दुर्घटना स्थलमा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भूपेन्द्रा बुढा मगरको कागजपत्र फेला परेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर