ठूला वाणिज्य बैंकको विदेशी अडिटरबाट लेखा परिक्षण गर्ने कार्य रद्द – Nepal Press

ठूला वाणिज्य बैंकको विदेशी अडिटरबाट लेखा परिक्षण गर्ने कार्य रद्द

काठमाडौं । नेपाल राष्ट्र बैंकले ठूला बैंकको अन्तर्राष्ट्रिय लेखा परीक्षण कार्य रद्द गरेको जनाएको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै लोन पोर्टफोलियो कार्य रद्द गरिएको जनाएको हो ।

अन्तर्राष्ट्रिय मुद्रा कोषसँगको प्रतिबद्धताअनुसार धेरै कर्जा प्रवाह गरेका १० वाणिज्य बैंकको विदेशी अडिटरबाट लेखा परीक्षण गराउने प्रक्रिया रद्द भएको केन्द्रीय बैंकले जनाएको छ ।

गत चैतमा माग गरेको आशय पत्रअनुसार ५ कम्पनी सर्टलिस्टमा परी प्राविधिक प्रस्ताव माग भएको थियो । तीमध्ये भारतको केपीएमजीमात्र आर्थिक प्रस्तावका लागि योग्य देखिए पनि उसको आर्थिक प्रस्ताव अस्वीकृत भएको हो ।

नेपालले सोधनान्तर घाटा हटाएर बाह्य स्थायित्व कायम गर्न भन्दै अन्तर्राष्ट्रिय मुद्रा कोषबाट विस्तारित ऋण सुविधा लिएको थियो ।

त्यही ऋणको नियमित किस्ता सुविधा अघि बढाउन विदेशी अडिटरबाट लेखा परीक्षण गराउन भनिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर