माओवादीले बोलायो संसदीय दलको बैठक – Nepal Press

माओवादीले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । दिउँसो २ बजे दलको कार्यालय सिंहदरबारमा बस्नेगरी बैठक बोलाइएको प्रमुख सचेतक हितराज पाण्डेले बताए ।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमको बारेमा छलफल हुने बताइएको छ । सत्तापक्षले उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरेपछि माओवादीले त्यसको विरोध गर्दै आइरहेको छ । हिजो बालुवाटार पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि यो बिषयमा चासो राखेका थिए ।

गठबन्धनले संवैधानिक परिषद्मा आफ्नो बहुमत पुर्‍याउनको लागि उपसभामुखलाई हटाउन खोजेको भन्दै विपक्षी दलले चर्को विरोध जनाउँदै आइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर