६० केजी सुन तस्करी प्रकरण- वाल्डो क्यासिनोका म्यानेजरलाई थुनामा पठाइयो – Nepal Press

६० केजी सुन तस्करी प्रकरण- वाल्डो क्यासिनोका म्यानेजरलाई थुनामा पठाइयो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद भएको करिब ६० केजी अवैध सुन प्रकरणमा पक्राउ परेका वाल्डो क्यासिनोका म्यानेजर मिन्ट सिङ टेरेन्स टीएसलाई थुनामा पठाइएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ३ दिनअघि टीएसलाई ठमेलस्थित वाल्डो होटलबाट पक्राउ गरेको थियो । ५५ वर्षीय त्सी हङकङका नागरिक हुन् ।

ब्रेक सुमा लुकाएर ल्याएको करिब ६० केज सुन प्रकरणमा सीआईबीले यसअघि त्सीसहितलाई प्रतिवादी बनाएर करिब ३१ अर्ब बिगो कायम गरी मुद्दा दायर गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर