रिक्त पदमा पदाधिकारी नियुक्ति गर्न संवैधानिक परिषद्को बैठक बस्दै – Nepal Press

रिक्त पदमा पदाधिकारी नियुक्ति गर्न संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडौं । संवैधानिक परिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे बस्ने गरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आजको बैठकले प्रधानन्यायाधीश तथा रिक्त संवैधानिक निकायमा पदाधिकारी नियुक्ति सिफारिसका गर्ने तयारी छ ।

नियुक्तिलगायतको विषयमा प्रधानमन्त्री ओलीले हिजो कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए ।

संवैधानिक परिषद्मा प्रधानमन्त्री, प्रधान न्यायाधीश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभाको विपक्षी दलको नेता र प्रतिनिधि सभाको उपसभामुख सदस्य रहन्छन् ।


प्रतिक्रिया
सम्बन्धित खवर