कर बढाएको विषयमा रङ्गेलीमा चर्कियो आन्दोलन, बजार पसल पनि बन्द – Nepal Press

कर बढाएको विषयमा रङ्गेलीमा चर्कियो आन्दोलन, बजार पसल पनि बन्द

विराटनगर । कर वृद्धिको विरोधमा मोरङको रङेली नगरपालिकामा आन्दोलन चर्किएको छ । एक सातादेखि सुरु भएको कर वृद्धिको आन्दोलनका कारण नगरपालिकाको काम काज ठप्प भएको छ ।

आजबाट बजार र यातायात समेत बन्द भएको छ । नेपाली कांग्रेसको नेतृत्वमा भएको आन्दोलनका कारण आज मोरङको पुरानो सदरमुकाम रङ्गेली बजार बन्द भएकाले छ ।

आन्दोलनकारीले रङेली बजार र यातायात समेत बन्द गराएका छन् । आन्दोलनकारीले बिहान कर्मचारीमाथि हातपात एवं दुर्व्यवहार गरेका छन् । रङेली नगरपालिकाका प्रवक्ता ढकप्रसाद आचार्यले आन्दोलनकारी नगरपालिका गेटमा बसेर कर्मचारीलाई कार्यालय प्रवेशमा अवरोध गरेको बताए ।

त्यस क्रममा प्रहरीले १ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । रङ्गेली नगरपालिकाले विभिन्न शीर्षकमा कर वृद्धि गरेपछि आन्दोलन सुरु भएको हो । आन्दोलनमा ऐक्यबद्धता जनाउन

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालासमेत गत बुधवार आन्दोलनमा उपस्थित भएर नारा जुलुस र प्रदर्शनमा सहभागी भएका थिए ।

मोरङको धनपालथान गाउँपालिकाका अध्यक्ष जीवछप्रसाद गच्छदार पनि बिहीबार आन्दोलनमा साथ दिए पुगे । एउटा पालिकाविरुद्ध भएको आन्दोलनमा साथ दिन थालेपछि अर्को पालिकाका प्रमुख तथा जनप्रतिनिधि विवादमा तानिन थालेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर