पोखराको ३ सय ८९ रोपनी जग्गा सरकारको नाममा दर्ता – Nepal Press

पोखराको ३ सय ८९ रोपनी जग्गा सरकारको नाममा दर्ता

काठमाडौं । गण्डकी प्रदेशको राजधानीसमेत रहेको कास्की जिल्लाको पोखरा बजार क्षेत्रभित्रको ३ सय ८९ रोपनी ३ आना २ पैसा जग्गा नेपाल सरकारको स्वामित्वमा आएको छ ।

गएको भदौ १७ गते स्थलगत अवलोकनमा पोखरा पुगेर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले कास्की जिल्लाका मालपोत र नापी कार्यालय प्रमुखसँगको छलफलमा अतिक्रमित जग्गाको सरकारको नाममा ल्याउन निर्देशन दिएका थिए ।

मन्त्रीको निर्देशनपछि सबै कानुनी आधार पूरा गरेर अतिक्रमित जग्गा सरकारको नाममा ल्याएको कास्की मालपोत प्रमुख रामचन्द्र अधिकारीले बताए ।

उनका अनुसार व्यक्तिको नाममा दर्ता भएका, लामो समयसम्म कानुनीरुपमा सरकारको नाममा आउन नसकेका, हदबन्दी भन्दा बढी भएको छानबिनबाट प्राप्त र व्यक्तिले उपभोग गरेका सार्वजनिक, सरकारी प्रकृतिका जग्गा नेपाल सरकारको स्वामित्वमा ल्याइएको हो ।

पोखरा वडा नं १ मा पीएन क्याम्पससंग साँध सिमाना जोडिएको २२२ रोपनी १२ आना २ पैसा १ दाम, पोखरा महानगरपालिकाको वडा नं १ कै २५ रोपनी ८ आना २ पैसा, छिनेडाँडा वडा नं ६ को साविक क्षेत्रबहादुर रानाभाटको नाममा दर्ता भएको ३६ रोपनी १४ आना १ पैसा क्षेत्रफलको जग्गा, कास्की धिताल वडा नं ७ मा रहेको हदबन्दी छानबिनबाट प्राप्त भएको ६ रोपनी ११ आना ३ पैसा क्षेत्रफलको जग्गा र कास्कीको ढिकुरपोखरी वडा नं ५ को ९७ रोपनी ४ आना ३ पैसा १ दाम क्षेत्रफर रहेको जग्गा नेपाल सरकारको नाममा आएको कास्की मालपोत प्रमुख अधिकारीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर