एमालेको सचिवालय बैठक सुरू – Nepal Press

एमालेको सचिवालय बैठक सुरू

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय च्यासलमा केही बेसअघिबाट बैठक बसिरहेको छ ।

बैठकले पार्टीको बार्षिक कार्ययोजना पारित गर्ने गरेको छ । यसअघि भदौ १८ र १९ गते बसेको एमाले पोलिटब्युरो बैठकले ‘राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’ पारित गरेको थियो ।

सरकारको नेतृत्व गरिरहेको एमालेले मिसन ०८४ लक्षित गर्दै संगठन निर्माण र विस्तार, शुद्धीकरण र सुदृढीकरणलगायत अभियान चलाउने तयारी छ । यसबाहेक बैठकमा प्रधानमन्त्री समेत रहेका ओलीले पछिल्ला राजनीतिक घटनाक्रमबारे पनि जानकारी गराउँदैछन् ।

यस्तै, बैठकमा तत्कालीन संविधानसभा अध्यक्ष स्वर्गीय सुवास नेम्वाङ केन्द्रीय स्मृति प्रतिष्ठान निर्माणको विषयमा पनि छलफल हुने जनाइएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर