लगातार वर्षाले डोटी, अछाम र बाजुरामा विद्युत सेवा अवरुद्ध – Nepal Press

लगातार वर्षाले डोटी, अछाम र बाजुरामा विद्युत सेवा अवरुद्ध

डोटी । तीन दिनदेखिको लगातार वर्षासंँगै सुदूरपश्चिम प्रदेशका तीन पहाडी जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको छ ।

डोटी, अछाम र बाजुराको विद्युत् सेवा शुक्रवार बिहानदेखि अवरुद्ध भएको हो । लगातार वर्षासँगै हावाहुरीका कारण विद्युतमा समस्या आएको हो ।

डडेल्धुराको स्याउले सवस्टेसनदेखि दिपायल पिपल्ला सब स्टेसनसम्मको ३३ केभी प्रसारण लाइन फल्ट हुँदा विद्युत् सेवा अवरुद्ध हुन गएको नेपाल विद्युत् प्राधिकरण डोटी वितरण केन्द्र दिपायलका टेक बहादुर खड्काले जानकारी दिए ।

अवरुद्ध विद्युत् सुचारु गर्नका लागि बिहानैदेखि प्राविधिक टोली खटिएको भएपनि अहिलेसम्म कुन ठाउँमा फल्ट भएको छ भन्ने पत्ता लागि नसकेको खड्काले बताए ।

‘अवरुद्ध लाइन मर्मतको लागि बिहानैदेखि प्राविधिक खटिएका छन्, तर कहाँनिर समस्या आएको हो पत्ता लागिसकेको छैन’, खड्काले भने, ‘पानी नरोकिएका कारण काम गर्न समस्या भइरहेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर