नेपाल प्रिमियर लिगमा फ्रेन्चाइजले सिजन मार्की खेलाडी परिवर्तन गर्न सक्ने – Nepal Press

नेपाल प्रिमियर लिगमा फ्रेन्चाइजले सिजन मार्की खेलाडी परिवर्तन गर्न सक्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा फ्रेन्चाइजले हरेक सिजन मार्की खेलाडीलाई परिवर्तन गर्न सक्ने व्यवस्था गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार फ्रेन्चाइजले मार्की खेलाडिलाई सिजनको अन्त्यतमा ‘रिलिज’ वा ‘रिटेन’ गर्न सक्ने छ । तर मार्की खेलाडीले भने आबद्ध फ्रेन्चाइजमा कम्तिमा ३ वर्ष बिताउनुपर्ने क्यानले जनाएको छ ।

क्यानले बुधबार ८ जना मार्की खेलाडीको नाम सार्वजनिक गरेको थिए । अब उनीहरु कुन फ्रेन्चाइजमा आबद्ध हुने भनेर शनिबार लक्की ड्र गरिँदै छ । ८ वटा फ्रेन्चाइजका प्रतिनिधिले गोला थुतेर मार्की खेलाडी चयन गर्नेछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर