क्रिप्टो कारोबारीको आरोपमा दुई युवक पक्राउ – Nepal Press

क्रिप्टो कारोबारीको आरोपमा दुई युवक पक्राउ

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले क्रिप्टो कारोबारीको आशंकामा दुई युवालाई काठमाडौंबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पूर्वी नवलपरासीका २२ वर्षीय प्रज्ञान रिमाल र बाग्लुङका २० वर्षीय आयुष शर्मा रहेका छन् । उनीहरु स्टारबस डट सोलुसन्सका सन्चालक रहेको सीआईबीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट मोबाइल र ल्यापटप बरामद गरेको छ । उनीहरुमाथि अभौतिक मुद्रा कारोबार गर्न नहुने कसुरमा अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर