याेगेशकाे शब्दले जनयुद्धलाई अपमान गरेको माओवादीको निष्कर्ष, सदन अवरोध जारी राख्ने (भिडिओ) – Nepal Press

याेगेशकाे शब्दले जनयुद्धलाई अपमान गरेको माओवादीको निष्कर्ष, सदन अवरोध जारी राख्ने (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रले सदनको अवरोधलाई निरन्तरता दिने भएको छ । आज बसेको संसदीय दलको बैठकले जनयुद्धलाई अपमानित गर्ने शब्द फिर्ता नभएसम्म सदनको अवरोधलाई जारी राख्ने निर्णय भएको प्रमुख सचेतक हितराज पाण्डेले बताए ।

उनले भने, ‘हामीले संसद अवरोध गरिरहेका छौं। माओवादीबाट सञ्चालित दश बर्षे सशस्त्र जनयुद्ध थियो । हामीले यो कुरालाई शान्ति प्रक्रियामा उल्लेख गरेर अगाडि बढिरहेका छौं । हामीले संविधानमा सबै कुरालाई समावेश गरेका छौं । जनयुद्धलाई अपमानित गर्ने हिसाबले एमालेका सांसद योगेश भट्टराईले दिनुभयो । हामीले त्यतिबेलामा पनि प्रतिवाद गरेका थियो । सभामुखको रुलिङ हिंसा शब्दलाई मात्रै केन्द्रित गरेर आयो । हामीले जनयुद्ध, जनमुक्ति सेनालाई अपमान गरेको उहाँको भाव छ ।’

 

 


प्रतिक्रिया

2 thoughts on “याेगेशकाे शब्दले जनयुद्धलाई अपमान गरेको माओवादीको निष्कर्ष, सदन अवरोध जारी राख्ने (भिडिओ)

  1. सत्तामा बसेर लुटन पल्केका । सत्ता छोडन परेपछि कसलाई झम्टिनु भएको छ यिनलाई । पूरै ठग्ने र लुटने मात्र छ यिनको दिमागमा ।

  2. माओबादि (प्रचण्डपथ) को चरित्र : धन्दुकारी !!!
    १. सधै सत्ताको टुप्पामा हुने पर्ने : नत्र भाडभैलो !!
    २. कत्रो भय असुरक्षाको : रगतको आहालमा पौडी खेलेको विगतले आफै पोल्छ नि !!
    ३. देशले मानेकै थियो, जनताले एक हद सम्म पचाएकै हुन् : आफुलाई जे मन लाग्छ त्येही भने अनि रमाए भै गयो नि (जे गरे पनि त्यो जनताको चासो र आवस्येक्ताको बिसय थिएन किन भने भएन, हैन र हुने छैन) तर प्रचण्ड अनुयायीहरु यत्ति धेरै बुल्केका किन ?? यो, यसो गर्नु पनि त हिँसा नै हो नि !!
    ४. साचो कुरा खोज्ने हो भने: भारतको बसाइ, भारतको हतियार, भारतको तालिम, भारतको दानापानी अनि भारतको इसारामा नेपाली भुमि रगत्पक्षे भएको कुरा नेपालको ‘जनयुद्द’ हुन्छ ?? मुख्य प्रश्न यो हो !! ५. अन्त जस्तै नेपाली पनि अनुदार नहुन्थे भने यिनको नामो निसाना रहने थिएन !! तर जब यस्ता हर्कत देखिन्छन, द्वन्दमा रमाउनेहरु (द्वन्द उद्योगीहरु) जाग्छन, तिनको इछ्या पुरा हुन्छ किन भने जमाना र जन अब २०५२ सालका छैनन् !!! ‘माओ’ को नाम भजाएर खाने जमाना सकियो, बहादुर नेपालीको बिवसता र बिद्रोही भावना ‘क्याश’ गरेर सम्भावनाको सत्ता राजनीति गर्ने दिन बाकि छैनन् अब !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर