उपसभामुखबारे माओवादी- उहाँबाट केही कमजोरी भएकै हो, तर हटाउन खोजे प्रतिवाद गर्छौँ (भिडिओ) – Nepal Press

उपसभामुखबारे माओवादी- उहाँबाट केही कमजोरी भएकै हो, तर हटाउन खोजे प्रतिवाद गर्छौँ (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धनले उपसभामुखलाई हटाउन खोजे प्रतिवाद गर्ने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले सत्ता गठबन्धनको नियत ठीक नभएको निष्कर्ष निकालेको प्रमुख सचेतक हितराज पाण्डेले बताए ।

उनले भने, उपसभामुखको विषयमा हामीले कुरा आउनेबित्तिकै सशक्त ढंगले प्रतिवाद गरेकै छौं । उपसभामुखबाट केही कमजोरी भएकै लाग्छ हामीलाई पनि । सम्मानित पदमा बसेको मान्छेले लेटरहेड प्रयोग गर्दा विचार गर्नेपर्छ ।

तर, अहिलेको कुरा होइन । अहिले जसरी आयो त्यो बेठीक छ । त्यसैले उपसभामुखलाई हटाउने कुरा आयो भने प्रतिवाद गर्नेछौं ।


प्रतिक्रिया

2 thoughts on “उपसभामुखबारे माओवादी- उहाँबाट केही कमजोरी भएकै हो, तर हटाउन खोजे प्रतिवाद गर्छौँ (भिडिओ)

  1. योभन्दा ठूला काण्ड मच्चाएको माओवादीलाई यस्ता मान्छे बेच्ने कुरा त सामान्य लाग्छ नि ।

  2. २ जिब्र माओबादि (प्रचण्डपथ) !!
    १. सत्य के हो, त्यो यौटा बिसय भयो तर माओबादि (प्रचण्डपथ) को यो कुरा सुन्दा यिनको राजनीति कस्तो हो भन्ने लाग्दैन ??
    २. उपसभामुख’ ले पदको मर्यादा र गरीमा नमिले अपराध गरिन तर उनलाई कुनै कारबाही हुन् सक्तैन, हुन दिन्नम !! यो कस्तो चरित्र : वास्तवमा प्रचण्डको यहि नीतिले देशले दुक्ख पायो र देशको राजनीति मूल्य र मान्यतामा स्खलित भयो !!
    ३. भारतसंग सुरुङ्ग युद्दा गर्ने माओबादि : कम्फर्तेबल सरकार बनाउन कर्सरत गर्ने !!
    ४. MCC को बिरुद्द सकमा युवा उफार्ने माओबादि : यौटा ठुलो भय देखाएर हत्तार हत्तार पास गर्ने र लागु गर्ने !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर