गृहका थप ३ सहसचिवको सरुवा – Nepal Press

गृहका थप ३ सहसचिवको सरुवा

काठमाडौं । गृह मन्त्रालयले थप ३ सहसचिवको सरुवा गरेको छ ।

सरुवा सूची अनुसार रिक्त रहेको कारागार व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी मन्त्रालयका सहसचिव एवम सुरक्षा तथा समन्वय महाशाखा प्रमुख नारायणप्रसाद भट्टराईलाई दिइएको छ । मन्त्रालयमा यसअघि अतिरिक्त समूहमा रहेका डा.टोकराज पाण्डेलाई मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।

यस्तै प्रवक्ता भट्टराई प्रमुख रहेको सुरक्षा तथा समन्वय महाशाखा प्रमुखको जिम्मेवारी सहसचिव ऋषिराम तिवारीलाई दिइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर