सीताराम येचुरीको अन्त्येष्टिमा सहभागी हुन ईश्वर पोखरेल नयाँदिल्ली जाने
नेपाल प्रेस
२०८१ भदौ २८ गते १७:०८
काठमाडौं । भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) महासचिव सीताराम येचुरीको अन्तिम बिदाईका लागि एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल भारत जाने भएका छन् । आज बसेको सचिवालय बैठकपछि येचुरीको अन्तिम बिदाईका लागि पार्टीको तर्फबाट पोखरेललाई नयाँदिल्ली पठाउने निर्णय गरेको महासचिव शंकर पोखरेलले बताए ।
बैठकले येचुरीको निधनप्रति दु:ख व्यक्त गरेको छ ।
प्रतिक्रिया