उपसभामुख राना अब पदमा बस्नु उपयुक्त हुन्न : एमाले (भिडिओ) – Nepal Press

उपसभामुख राना अब पदमा बस्नु उपयुक्त हुन्न : एमाले (भिडिओ)

काठमाडौं । नेकपा एमालेले उपसभामुख इन्दिरा राना पदमा बस्न उपयुक्त नभएको जनाएको छ । सचिवालय बैठकपछि महासचिव शंकर पोखरेलले बाहिर आएको पत्र सत्य भए उपसभामुख पदमा बस्न नमिल्ने बताए ।

उनले भने, ‘यद्यपि अहिले बाहिर चर्चामा आएजस्तो के गर्ने भन्ने निष्कर्षमा पुगेका छैनौं । संसदलाई कसरी मर्यादित बनाउने भन्ने कुरा संसदीय दलले गर्ने काममा पार्टीको पूर्ण समर्थन रहन्छ ।’

उनले उपसभामुख र सम्बन्धित दलले त्यसबारेमा स्पष्टीकरण दिनुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर