यी हुन् हिजोको क्याविनेटका १७ निर्णय (सूचीसहित) – Nepal Press

यी हुन् हिजोको क्याविनेटका १७ निर्णय (सूचीसहित)

काठमाडौं । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका छन् ।

त्यस्तै विभिन्न निकायमा १ हजार ५० दरबन्दी सृजना गर्ने निर्णय गरेको हो ।

शहरी विकास मन्त्रालय अन्तरगत नयाँ शहर आयोजना लगायतका निकायको चालू आर्थिक वर्षका लागि ४७९ अस्थायी दरबन्दी स्वीकृत गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा पुष्पलाल (मध्यपहाडी) राजमार्ग समेतका आयोजना तथा योजनामा ३५१ राजपत्रांकित अधिकृतस्तरको अस्थायी दरबन्दी स्वीकृत गरिएको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय लगायतका आयोजनामा २१०, पर्यटनमन्त्रालय अन्तरगत भूकम्पपछिको पुनःनिर्माण कार्यक्रममा अधिकृतस्तरका १० अस्थायी दरबन्दी स्वीकृत गरिएको छ ।

सञ्चारमन्त्रालयमा प्रेस मिटका बीच गुरुङले क्याविनेटका निर्णय सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषद्ले लगानी बोर्डको सीईओमा सुशील ज्ञवालीलाई नियुक्ति केही सचिवहरूको सरुवा साथै विभिन्न निकायका अधिकारीलाई विदेश भ्रमणलगायतका १७ वटा निर्णय गरेको छ ।

यस्तो छ हिजोको क्याविनेटका निर्णय

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर