ओली सरकार बनेपछि जनतामा नयाँ आशा जागृत भएको छ : महासचिव पोखरेल (भिडिओ) – Nepal Press

ओली सरकार बनेपछि जनतामा नयाँ आशा जागृत भएको छ : महासचिव पोखरेल (भिडिओ)

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएपछि जनतामा आशा जागृत भएको बताएको छ । सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महासचिव शंकर पोखरेलले सरकारको कामको समीक्षा गर्ने बेला भने नभएको बताए ।

उनले भने, ‘सरकारको कामको समीक्षा गर्ने बेला भएको छैन । पार्टी अध्यक्षको नेतृत्वमा सरकार गठन भएपछि जनतामा आशा जागृत भएको पार्टीको मुल्यांकन छ । सरकारको कामलाई प्रभावकारी बनाउनको लागि सत्ता पक्षकाहरुबीचको सम्बन्ध अझै घनिष्ट बनाउँदै संसद र सरकारलाई प्रभावकारी बनाउने हिसाबले छलफल भइरहेको छ ।

सरकारलाई थप प्रभावकारी बनाउने न्यूनतम साझा कार्यक्रम तय गर्नको लागि कार्यदलले काम गरिरहेको बताए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर