बागमतीको प्रमुख सचिवमा लम्साल, पोखरेल र विष्टलाई कामु बनाएर पठाइयो – Nepal Press

बागमतीको प्रमुख सचिवमा लम्साल, पोखरेल र विष्टलाई कामु बनाएर पठाइयो

काठमाडौं । सरकारले सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिव डा. हरि लम्साललाई बागमती प्रदेश सरकारको प्रमुख सचिवमा सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

बिहीबारकै बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यरत वरिष्ठ सहसचिव कमलप्रसाद पोखरेललाई सुदूरपश्चिम प्रदेश सरकारको कायममुकायम (कामु) प्रमुख सचिवको जिम्मेवारी दिएको छ । निर्वाचन आयोगका सहसचिव रघुराम विष्टलाई गण्डकी प्रदेश सरकारको कामु प्रमुख सचिव बनाएर पठाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर