नेपालको साख: मूल्यांकनको नतिजा आउन करिब २ महिना लाग्ने, कस्तो आउला रेटिङ ? – Nepal Press

नेपालको साख: मूल्यांकनको नतिजा आउन करिब २ महिना लाग्ने, कस्तो आउला रेटिङ ?

काठमाडौं । अहिले नेपालको सार्वभौम मूल्यांकन प्रक्रिया चलिरहेको छ । अमेरिकाबाट आएको फिच क्रेडिट रेटिङ कम्पनीको टोलीले नेपालको साख मूल्यांकनको लागि विभिन्न निकायसँग छलफल गरेको छ । बुधबार आएको टोलीले आजै सम्म अध्ययन गर्ने जनाइएको छ । फिचबाट २ जना प्रतिनिधि नेपाल आएका हुन् ।

नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ)फिच टोलीमा सहभागीहरुले नेपालमा राजस्व परिचालन, पुँजीगत खर्च, सार्वजनिक ऋण, वैदेशिक सहयोग परिचालन लगायतका विषयलाई निकै चासो दिएको छ ।

अर्थमन्त्रालयका सहसचिव नारायण प्रसाद रिसालले फिचले नेपालको विगत ५ देखि १० वर्षसम्मको ट्रेण्ड विश्लेषण गरेको छ । फिचले नेपालको साँख मूल्यांकनको लागि आफ्नै विधि अबलम्बन गरेको छ ।

अहिलेसम्म फिच टोलीले अर्थमन्त्रालयको पदाधिकारी, योजना आयोगका उपाध्यक्ष सहितको टीम, राष्ट्र बैंकका पदाधिकारी, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, निजी क्षेत्रका प्रतिनीधि, आइएमएफ वल्र्ड बैंकका प्रतिनीधिलाई भेटेको अर्थमन्त्रालयका प्रवक्ता महेश भट्टराइले बताए ।

फिचको टोलीले नेपालका विभिन्न निकायमा गरेको अनुगमन र अध्ययनलाई पुन उसले आफ्नो कार्यालयमा गएर टिमसहित अध्ययन गर्नेछ । त्यसको ३ हप्तामा नेपाललाई प्रारम्भिक प्रतिवेदन दिनेछ । उक्त प्रतिवेदनमा नेपालले उतर दिनुपर्ने भए जवाफ सहित पुन रेटिङ कम्पनीलाई पठाउँने छ । देशको साख मुल्यांकनको अन्तिम नतिजा आउन करिब २ महिना लाग्ने भट्टराइले बताए ।

अर्थमन्त्रालयका अधिकारीहरु देशको साख मूल्यांकले राम्रै रेटिङ पाउने आशमा छन् ।

अन्तरराष्ट्रिय स्तरमा ‘सोभरेन’ अर्थात सार्वभौम रेटिङले देशको वास्तविक अवस्थाको चित्रण गर्न सहयोग पु¥याउने विज्ञहरू बताउँछन् । उक्त रेटिङकै आधारमा विदेशी लगानीकर्ताले सो मुलुकमा लगानी कतिको जोखिम छ भन्ने निर्धारण गर्न सक्छ ।

विशेष गरी कर्जा दिने विदेशी दातृ निकायलाई नेपालको कर्जा तिर्न सक्ने क्षमता कति छ भनेर हेर्न सहयोग गर्छ । एकपटक गरिएको रेटिङ सधैको लागि हुदैन । त्यसको निश्चित समय हुन्छ ।

सरकारले वैदेशिक लगानी बढाउने उद्देश्यले आर्थिक वर्ष २०७५/७६ को बजेटमार्फत नै सार्वभौम क्रेडिट रेटिङ गर्ने घोषणा गरेको थियो ।

यसका लागि सार्वजनिक सूचना जारी गरी अन्तर्राष्ट्रिय कम्पनीहरूलाई आमन्त्रण गरेकामा रेटिङसम्बन्धी विश्वका तीन प्रमुख कम्पनी फिच, मुडिज र स्ट्यान्डर्ड एन्ड पुअर्सले आवेदन दिएका थिए । यसमध्ये फिच छानिए पनि तत्कालै सुरु भएको कोभिडका कारण रेटिङ प्रक्रिया सुरु हुन सकेको थिएन  ।

हालसम्म एक सय १९ देशको सार्वभौम साख मूल्यांकनको अनुभव फिचले लिइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर